• १२ चैत २०८२, बिहिबार

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

blog

ढाका,  चैत ११ गते । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुवेको आशङ्का गरिएको छ। 

दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भएको उनीहरूले बताएका छन्। 

बङ्गलादेशको राजबारी जिल्लाको एक सडकमा बुधबार साँझ ५ः१५ बजे ढाकाका लागि  छुटेको यात्रुवाहक बस अनियन्त्रित भई पद्मा नदीमा खस्दा कम्तीमा दुई महिलाको मृत्यु भएको छ भने अन्य धेरै जना पानीमा डुबेको आशङ्का गरिएको छ ।

राजबारीका डेपुटी कमिस्नर तथा जिल्ला प्रशासक सुल्ताना अख्तरले बसमा ४० जना यात्रु सवार रहेको र बुधबार साँझ समाचार तयार पार्दासम्म दुई महिलाको शव पानीबाट निकालिएको छ । डुबेको बस पानीमुनि रहेको अधिकारीहरुले बताएका छन् ।

फायर सर्भिस र सिभिल डिफेन्सका अधिकारी ताल्हा बिन जासिमले नदीमा डुबेका भनिएका यात्रुको खोजी अभियान जारी छ र बसलाई उद्धार गर्न स्थानीय प्रयासलाई सशक्त पारिएको छ । 

उद्धारका लागि डुङ्गाहरू बोलाइएको छ। प्रत्यक्षदर्शीका अनुसार करिब ४० जना यात्रु बोकेर बस राजबारीबाट हिँडेको थियो । रासस