माकुरा पनि मान्छेझैँ निदाउँछन् !
यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उहाँका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानव जस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।
साँझ सौर्य आँधी पृथ्वी नजिक आउँदै, स्याटलाइट र पावर ग्रिडमा समस्या हुनसक्ने
सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम 'सन होल सोलार स्टर्म' दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ ।
धेरै उमेरकाे भाले पान्डाको मृत्यु
विश्वको सबैभन्दा बुढो भाले पान्डाको मृत्यु भएको छ । हङकङको चिडियाघरका राखिएको ३५ वर्षको पान्डामो मृत्यु भएको हो । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुन्छ ।
कृत्रिम वर्षा : बादल पनि चोरी हुन्छ !
चाहेको बेलामा बादल लगाउने र वर्षा गराउन सकिन्छ र यो विश्वका विकसित मुलुकमा भइरहेको छभन्दा पत्यार नलाग्न सक्छ तर यो कुरा विज्ञानले सम्भव बनाइसकेको छ । यस विधिलाई कृत्रिम वर्षा वा ‘क्लाउड सीडीङ’ भनिन्छ । यस पटक हामी यसका बारेमा चर्चा गर्दैछौँ ।छिमेकी राष्ट्र भारत र चीनलगायत विश्वका धेरै देशले यो विधि प्रयोग गरिरहेका छन् । चीनले यसलाई धेरै पहिलेदेखि प्रयोगमा ल्याएको छ । भारतले पनि ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर कृत्रिम वर्षा गराइरहेको छ । यो विधि खडेरीको समस्या भएका स्थानमा बढी मात्रामा प्रयोग गरिन्छ । सन् १९४० को दशकमा ‘क्लाउड सीडीङ’ विधि अमेरिकाबाट सुरु भएको मानिन्छ । कृत्रिम वर्षा कसरी पारिन्छ ?अहिले कृत्रिम वर्षा गराउने अनेक विधि र तरिका छन् । त्यसमध्ये पहिलो विधि, कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो । अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीका रूपमा धर्तीमा बर्सिन्छ । कृत्रिम वर्षा पार्ने पछिल्लो विधि, ड्रोन विधिमा बिजुलीले बादललाई जोडसँग झट्का दिन्छ जसका कारण बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ । यी र यस्तै विधि प्रयोग गरेर अहिले संसारका विकसित देशहरूले कृत्रिम वर्षा गराउने गर्छन् । यो विधिको प्रयोग पानी पार्न वा वर्षा गराउनका लागि मात्र नभएर अत्यधिक वर्षा (अति वृष्टि) र अति कम वर्षा (अना वृष्टि)लाई सन्तुलनमा राख्न पनि गरिन्छ । यसको अर्थ कुनै स्थानमा अत्यधिक वर्षा हुन्छ भने त्यो स्थानमा समयसमयमा ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर वर्षा गराइन्छ, जसका कारण त्यहाँ ठूलो वर्षा एकै पटक हुन नपाओस् । अर्कोतर्फ यो विधिको प्रयोग गरेर अति कम वर्षा हुने स्थानमा चाहिने मात्रामा वर्षा गराइन्छ । कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो। अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीको रुपमा धर्तीमा बर्सिन्छ। वर्षाको चोरी !के वर्षा पनि चोरी गर्न सकिन्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । वर्षाको चोरी, ‘क्लाउड सीडीङ’ सँगै जोडिएर आउने कुरा हो । के यो वास्तवमै भइरहेको छ ? यसबारेमा अहिलेसम्म यकिन रूपमा यसै हो भन्न निकै कठिन छ तर एक देशको बादल तानेर अर्को देशमा पानी पार्ने काम भयो भने के होला? यो चिन्ताको विषय भने पक्कै पनि हो । कतिपय देशहरूले बेला बखत ‘क्लाउड सीडीङ’मार्फत एक देशले अर्को देशको बादल चोरेर वर्षा गराएको भन्ने आरोप लगाउने गरेका छन् । त्यस्तै विश्वमा अहिले ‘क्लाउड सीडीङ’अन्तर्गत बादलको चोरी भयो भन्ने विषयमा विकसित मुलुकभन्दा पनि विकासोन्मुख मुलुकलाई पिरलो परेको छ । अहिले बादलको चोरीबाट वर्षा गराउने विषयलाई लिएर वैज्ञानिकहरूबीच निकै चर्चा हुन थालेको छ तर यसबारेमा प्रमाणिक तथ्य भने अझै आइसकेको छैन । कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ। त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरु देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला?‘क्लाउड सीडीङ’ को प्रयोग गरेर चीनले थुप्रै सुक्खा क्षेत्रमा खेती गर्ने कार्यक्रम चलाएको समाचार सुन्ने गरेका छौँ । यस्तै केही समयअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरसहित धेरै इलाकामा तापक्रम ५० डिग्री पुगेपछि कृत्रिम वर्षा गराइएको थियो । अमेरिका, चीन, बेलायत, क्यानाडा, अस्ट्रेलियालगायतका विश्वका विकसित मुलुकहरूले खडेरी, तापक्रम वृद्धि, कृषि प्रयोजनलगायतमा बेला मौकामा कृत्रिम वर्षाको सहारा लिइरहेका छन् । यो एक हिसाबले उचित कुरा हो तर उनीहरू आफ्नो भू–भाग नाघेर अर्को मुलुकको बादल आफूतिर तानेर वर्षा गराउन थाले भने के होला? यो चिन्ताको विषय हो । त्यसैले भनिन्छ नि, कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ । त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरू देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला ? यसतर्फ सबैको ध्यान जान जरुरी छ । (विभिन्न अनलाइन तथा एजेन्सीको सहयोगमा)
यात्रुद्वारा चढाइएका ऐनाका कारण भरियो रिठ्ठेभिरको भित्ता
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–५ रिठ्ठेभिरस्थित सेतीदेवी मन्दिरमा ऐना चढाउनेको सङख्या बढ्दै गएको छ ।
भिसा लागेपछि भगवानकाे मूर्ति दर्शन गरेका तिवारी बन्नुभयाे मूर्तिकार
जानु पाण्डेकपिलवस्तु, जेठ १४ गते । कतारको भिसा लगाएका कपिलवस्तु बाणगंगाका सुनिलकुमार तिवारी तिलौराकोट दर्शन गर्न पुग्नुभएको थियो । विदेशी पर्यटकले बुद्ध नगरी तिलौराकोटको माटो लुकाएर लैजान लागेको देखेपछि उहाँको मनमा यहाँको माटोबाट केही गर्ने सोच पलाएको थियो । सानैदेखि माटोको मूर्ति बनाउन मन पराउने तिवारीले यहाँको माटोको बुद्धको मूर्ति बनाएर विक्री गर्ने अठोट गर्नुभयो । विदेश नजाने अठोट गर्दै भिसा त्यागेर उहाँले तौलिहवामा मूर्ति बनाउन सुरु गर्नुभयो । अहिले उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।दुई दशक भारतमा श्रमिकको जीवन बिताउनुभएका उहाँ आफ्नो देशमा काम गर्दै रमाउन लाग्नुभएको छ ।“म कक्षा ३ मा पढ्दादेखि माटोको मूर्ति बनाउन चाहना राख्थे । अरुले मूर्ति बनाएको देखेपछि चाहना लाग्न सुरु भएको थियो । केही वर्ष दसैँको बेलामा दूर्गा मूर्ति बनाउँदै खाली समय काम गर्दै आए पनि ५ वर्ष यता व्यवसायिक रुपमा मूर्ति निर्माण गर्दै विक्री गर्न लागेको छु । परम्परागत सीप मात्र भए पनि युट्युब हेर्दै, भारतको विभिन्न सहरमा मूर्ति बनाएको अवलोकन गरेर सिकेको थिएँ” उहाँले बताउनुभयो । पत्नी, दुई छोरी र एक छोराले उहाँको काममा सघाउने गर्नुहुन्छ । थप एक जना कामदारलाई रोजगारी दिनुभएको छ । उहाँले माटो, सिमेन्ट र फाइवरको प्रयोग गरी मूर्ति बनाउने गर्नुहुन्छ । उहाँले एउटा मूर्तिलाई २५ रुपैयाँ देखि ५ लाख रुपियाँसम्म बिक्री गर्नुभएको छ ।वार्षिक २० लाख भन्दा बढीको मूर्ति विक्री हुने गरेको छ । निर्माण गरिएका मूर्तिलाई सामाजिक सञ्जाल, टिकटकको प्रयोग गरी प्रचार प्रसार गर्दै आउनुभएको छ । सामाजिक सञ्जालको प्रयोगपछि काठमाडाैँ, पोखरा, धनगढी, दाङ, अर्घाखाँचीलगायतका स्थानबाट मूर्तिको माग हुने गरेको छ । शुरुमा माटोको प्रयोग गरी नमूना मूर्तिको बनाउने र नमूना मूर्तिबाट फाइबरको साँचो बनाउने उहाँ बताउनुहुन्छ । पसल अगाडि निर्माण भएका मूर्ति देख्नुभएपछि प्रदेशमन्त्री डिल्लीबहादुर चौधरीले थारु म्युजियमका लागि मूर्तिको अर्डर दिनुभएको उहाँ बताउनुहुन्छ ।उहाँका अनुसार हाल तिलौराकोट आउने स्थानीय र विदेशी पर्यटक समेत मूर्ति लिन आउने गरेका छन् ।
सफल नमुना बाख्रापालक कृषक बन्नुभयो वडाध्यक्ष
ठाकुरप्रसाद आचार्य म्याग्दी, जेठ ९ गते । नमुना कृषकको पहिचान बनाउनुभएका बेनी नगरपालिका–४ सिंगाका अणबहादुर खड्कालाई जनताले नमुना वडा निर्माण गर्नको लागि मौका दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा उहाँलाई जनताले विश्वास गरेर वडाध्यक्षको जिम्मेवारी सुम्पेका छन् । एककरोड ८० लाख रुपियाँभन्दा बढी लगानी गरेर खड्काले गाउँमा सामूहिक बाख्रापालन व्यवसाय गर्नुभएको थियो नै उहाँको कृषि क्रान्तिलाई मलजल गर्न नेकपा माओवादी केन्द्रबाट उहाँलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।सो उम्मेदवारीलाई जनताले पनि साथ दिएपछि उहाँले नेपाली काँग्रेसका सुमन बानियाँलाई ६६५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित खड्का दोस्रोपटक विजयी हुनुभयो । एकपटकको हारबाट म कत्ति पनि विचलित भएको थिइन, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिएँ, उहाँले भन्नुभयो ‘यसपाली वडावासीले मलाई सेवा गर्ने अवसर दिनुभयो, वडावासीको शिर उच्च हुने काम गरेर देखाउँछु ।’ आफ्नो पेशा कृषि भएकाले किसानको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु वडाका हुनेछन्, उहाँले भन्नुभयो ‘हाम्रो वडा भनेको कृषि र पशुपालनमा राम्रो सम्भावना भएको वडा भएकाले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छु ।’ कृषिका साथै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा योजना बनाएर वडाको विकासमा सबैसँग सहकार्य गर्ने सोचाई उहाँले बनाउनुभएको छ । जनप्रतिनिधि भएपछि पनि बाख्रापालन व्यवसायलाई निरन्तरता दिई अझ राम्रो बनाएर वडावासीलाई उदाहरण प्रस्तुत गर्ने सोच उहाँको छ । उहाँको फर्ममा हाल १० जनाले रोजगारी पाएका छन् । सामूहिक बाख्रापालनको राम्रो उदाहरण देखाएर वडाका बेरोजगार युवालाई सामूहिक कृषि पेशातर्फ आकर्षित गर्ने उहाँ बताउनुहुन्छ ।
अलेक्जेन्डरको रहस्यमय मृत्यु
अलेक्जेन्डर ग्रेटको जब इसापूर्व ३२३ मा मृत्यु भयो । छ दिनसम्म उनको शरीर सड्न लागेको कुनै सङ्केत देखिएन । ऐतिहासिक तथ्यहरूका अनुसार यसै कारणले अलेक्जेन्डरको मृत्युको कारण अभैmसम्म रहस्यमै छ ।