• २५ वैशाख २०८१, मङ्गलबार

किन मान्छेपिच्छे औँठाछाप फरकफरक हुन्छ ?

blog

सुन्दा अचम्म लाग्न सक्छ जुम्ल्याहा सन्तान  या  उस्तै देखिने मान्छेमा समेत एकै किसिमको मिल्ने औँठाछाप हुँदैन । यही तथ्य रहस्य पत्ता लगाउन अपराध अनुसन्धान गर्न र चोर पक्रिनमा उपयोगीसिद्ध भएको छ । मानिसको छालाको तन्तुका दुई तह हुन्छन् । भित्री तह बाक्लो हुन्छ जसलाई कोरियम भनिन्छ भने बाहिरी तहलाई एपिडेर्मिस भनिन्छ, जुन पातलो हुन्छ । चिसो रगत हुने प्राणीका छालाका यी दुई तह एकआपसमा टम्म मिलेका हुन्छन् र पर्वतका प्याटर्न देखिन्न तर मानिसमा भने निश्चित आकारको प्याटर्न निर्माण भएको हुन्छ । जसले गर्दा मान्छेपिच्छे औँठाछाप फरकफरक हन्छ । औँठाछापको वर्गीकरण गर्ने पद्धतिको विकास एड्वार्ड हेनरीले गरेका थिए ।