• २६ वैशाख २०८१, बुधबार

चिकित्सकले किन बिरामीको नाडी छाम्छ ?

blog

मानिसको मुटु हरदम चलिरहन्छ । मुटुको प्रत्येक धड्कनसँगै धमनी हुँदै शरीरमा रक्तसञ्चार हुने गर्छ । मुटको यही खुम्चिने र फुक्ने क्रियाले नै धमनीमा स्पन्दन पैदा गर्छ । चिकित्सकले नाडी छामेर मुटुको धड्कन गन्न सक्छन् । धड्कनले नाडीको दर निर्धारण गर्छ । मुटु कत्तिको धड्किँदैछ र कत्तिको बलियो छ भन्ने कुरा नाडीले नै बताउँछ । यदि नाडीको चाल अनियमित छ भने शरीर र मुुटु ठीक छैन भन्ने ठान्नुपर्छ । स्वस्थ मानिसको नाडी प्रतिमिनेट लगभग ७५ चोटि धड्कन्छ । पाको व्यक्तिको भन्दा बच्चाको नाडीको धड्कन दर बढी हन्छ । नवजात शिशुमा नाडीको चाल प्रतिमिनेट १४० सम्म पुग्छ भने वृद्धहरूमा लगभग ६० पटकसम्म हुन्छ ।