• २० वैशाख २०८१, बिहिबार

साढे पाँच अर्बको दुर्लभ नीलो हीरा

blog

स्विट्जरल्यान्डको जेनेभास्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब रुपियाँमा बिक्री गरेको छ । 

औँठीमा जडिएको र लाम्चो नासपाती जस्तो आकार भएको १७.६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ । 

क्रिस्टिजका अनुसार लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो नीलो रङ भएको यो सबैभन्दा ठूलो जुवाहरात हो । वर्षौंदेखि एक निजी सङ्कलनमा रहेको यो हीरा पहिलो पटक लिलाम बढाबढ गरेर बिक्री गरियो ।