• २३ वैशाख २०८१, आइतबार

सँगैका साथी पढाउँछन् जगन्नाथ

blog

बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने छात्र जगन्नाथ जोशी (जीवन) भने विद्यालयभरिमै फरक स्वभावका छन् । उनको नाम विद्यालयमा जगन्नाथ लेखे पनि उनलाई धेरैले जीवन भनेर चिन्छन् । जीवन विद्यालयमा आएर पढ्ने मात्र हैन पढाउने कामसमेत गर्छन् । शारदा विद्या निकेतनमा जीवन भन्नेबित्तिकै  विद्यार्थीसमेत झसङ्ग हुन्छन् । उनी कक्षामा शिक्षक नभएको बेला आफैँ कक्षाकोठामा पढाउने, साथीले नजानेका कुरा सिकाउने गर्दछन् । विद्यालयमा हुने हरेक क्रियाकलापमा सधैँ भाग लिन्थे र उनी सहभागी भएको टिम प्रथम या द्वितीय हुन्थ्यो । त्यहाँ उनले थुपै मेडल, प्रमाणपत्र पुरस्कार पाए पनि सबै काम गरेर पनि उनी कक्षाकोठामा सधैँ प्रथम हुन्थे । विद्यालयमा आयोजना हुने हाजिरीजवाफ, वादविवाद, गायन, देउडा वक्तृत्वकलामा सधैँ भाग लिन्थे र प्रथम द्वितीय हुन्थे ।  

उनले १३ वटा मेडल, प्रमाणपत्र र कैयौँ पटक नगद पुरस्कार पाइसकेका छन् । उनकै कक्षामा अध्ययनरत छात्रा रितु बोहरा भन्छिन्, “जीवन हाम्रो साथी मात्र होइन हाम्रो शिक्षक पनि हो । उनलाई देखेर त्यहाँका शिक्षक पनि गर्व गर्छन् ।” “अहिले उनी १४ वर्षका छन् यति सानै उमेरमा उनमा यति धेरै क्षमता र अनुशासन छ । जगन्नाथ (जीवन) वास्तवमै हाम्रो स्कुलको एउटा कमेडियन हो, गायक हो ,अब्बल छात्र हो, उसमा कुनै कुराको कमजोर छैन, धेरै मेहनती 

छ, कक्षाकोठामा सधैँ प्रथम हुन्छ, उसमा धेरै चिजको प्रतिभा छ,” भन्नुहुन्छ सोही विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंह । अहिले उनी कक्षा ८ मा अध्ययन गर्छन् । उनको बुवा छोरालाई संस्कृत पढाउने धोको अझै मरेको छैन । ९ कक्षा पढेर बुवा अझै हरिद्वार पढ्न जा भन्नुहुन्छ । आफ्नो मनले पनि जानेको सोच्दै छु । यता पढ्यो भने साइन्स पढ्ने इच्छा छ । अब कसो हुन्छ भन्छन् जीवन । सामुदायिक विद्यालयमा पढेर पनि धेरै गर्न सकिन्छ । मेहनत गर्ने आफूले हो । स्कुलले पढाइमा कुनै फरक नपर्ने उनको सोच छ,   उनी भन्छन्, “केही कुरा पाउन र सफल हुन मेहनत र लगनशील हुनुपर्छ ।” एकचोटि सफल अवस्य भइन्छ । 

प्रस्तुति : भावना जोशी