दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन !
तपाईं दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन बन्नुहुन्छ । किनभने जुनबेला तपाईंले आँखा घुमाउनु हुन्छ तपाईंको दिमागले जानाजान दृष्टि बन्द गरिदिन्छ । यसै कारण तपाईंले ऐना हेर्दा आफ्नो आँखाको गति देख्न सक्नुहुन्न । यसलाई चिकित्सा विज्ञानले ‘स्याकाडिच मास्किङ’ भन्ने गरेको छ । यदि यसो नहुँदो हो त तपाईंको जीवन हातले क्यामेरा समातेर खिचिएको निरन्तर चलिरहने एक चलचित्र जस्तो हुने थियो, जसमा हल्लिरहेका दृश्य मात्र हुने थिए ।
मेमथको अवशेष फेला
हात्तीसँग मिल्दोजुल्दो जीव मेमथ लोप भइसक्यो। वैज्ञानिकले बेला बेलामा मेमथका अवशेष फेला पारेका छन्। सन् १९७७ मा सोभियत सङ्घको साइबेरिया क्षेत्रको एउटा खानीमा बुल्डोजरले खन्ने क्रममा अचानक मेमथको छावाको अवशेष फेला परेको थियो। मेमथ चिसो क्षेत्रमा बसोबास गर्दथे अर्थात् चिसो भेगमा बस्ने हात्ती हुन्। १७औँ शताब्दीसम्म युरोपेली र एसियालीहरू मेमथसँग परिचित थिए। सन् १७९६ मा जर्जस् क्युभरले मेमथलाई लोप भएको जीव घोषणा गरेका थिए।
हरेक वर्ष चन्द्रमा पृथ्वीबाट टाढिँदै
हरेक वर्ष करिब ३.७८ सेन्टिमिटर दरले चन्द्रमा पृथ्वीबाट टाढिँदै छ । यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।
आज लाग्ने सूर्यग्रहण नदेखिने
वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
पृथ्वीलाई चिस्याउने प्रयास
विश्वको तापक्रम वृद्धि कम गर्न वैज्ञानिकहरू सूर्यबाट आउने तापलाई चिस्याउने प्रयासमा लागेका छन् । सोलार जियोइन्जिनियरिङ भनिने उक्त प्रविधिका माध्यमबाट सूर्यको तापक्रम घटाइने छ। यसबाट पृथ्वीमा घाम कम आउनेछ। यस प्रविधिमा ठूलो रकम लगानी पनि भइसकेको छ। कतिपयले भने यो प्रविधिप्रति आपत्ति जनाएका छन्। यो प्रविधि प्रयोग गरिएमा ठूलो विनाश आउने चेतावनी पनि दिइएको छ।
‘सार भ्यालु’ कसरी पत्ता लगाउने ?
मोबाइल फोन निर्माताले आफ्नो आधिकारिक वेबसाइटमा कुन मोडेलको ‘सार भ्यालु’ कति हो सो उल्लेख गरेका हुन्छन्। त्यहाँ गएर आफ्नो मोबाइल फोनको ‘सार भ्यालु’ हेर्न सकिन्छ। मोबाइल फोनको प्रयोगकर्ता गाइड (युजर्स म्यानुअल)मा सो फोनको ‘सार भ्यालु’ लेखिएको हुन्छ। त्यहीँबाट पनि ‘सार भ्यालु’ जान्न सकिन्छ। मोबाइल फोनको सेटिङबाट पनि ‘सार भ्यालु’ पत्ता लगाउन सकिन्छ। त्यसका लागि तपाईं मोबाइलको सेटिङमा जानुपर्छ। त्यसपछि जर्नल, लिगल र आरएफ एक्सपोजरमा जानुहोस्। यो सेटिङमा जाने विधि मोबाइल सेटअनुसार फरक–फरक हुने गर्छ।
गर्मी हुँदा सर्पले आफैँलाई खान्छ
सर्पले धेरै गर्मी महसुस गर्यो भने उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ । त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ । पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ । सर्पले आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः स्वज्यान लिन्छ ।
औँठाछाप मेटाइदिने रोग
एड्रमेटोग्लिफिया रोगले मानिसको औँठाछाप मेटाइदिन्छ। यो एक वंशाणुगत रोग हो। सन् २००७ मा पहिलो पटक यो रोगको बिरामी पत्ता लागेको थियो। चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औँठाछाप अर्थात् फिङ्गरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो। तपाईं चाहे नागरिकता वा बैङ्कमा खाता खोल्न जानुहोस् आफ्नो औँठाछाप लगाउनैपर्छ तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरू सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औँलाका औँठाछा
अगाट मामिट माबेलको शव
इन्डोनेसियाको पपुआमा रहेको एक दुर्गम गाउँमा बसोबास गर्ने जनजाति समुदायका प्रमुख इलाई मेबल आफ्नो पुर्खा अगाट मामिट माबेलको शव देखाउँदै । लगभग दुई सय ५० वर्ष पहिले अगाटले त्यस समुदायको नेतृत्व गरेका थिए । डानी कबिलाका अगाटको शरीरलाई सो समुदायले धुवाँ र जनावरको तेलका मद्दतले सुरक्षित राखेका छन् ।