• २३ वैशाख २०८१, आइतबार

भासिँदै छ मेक्सिको सिटी

blog

मेक्सिको सिटी सुरुमा सन् १३२५ मा एउटा तालमा बसाइएको थियो। यही भएर अचेल हामीले देखेको मेक्सिको सिटी हरेक वर्ष करिब ३.२ फिटले भासिँदै गएको छ।

युरोपेलीहरू आइपुग्नु पहिले एज्टेकहरूले कृत्रिम टापु बनाउने प्रयासमा लागो डी टेक्सकोको ताल पुरेका थिए। सन् १५२१ मा स्पेनीले त्यहाँ आएर आफ्नो बस्ती बसाउन सुरु गरे।

मेक्सिको सिटीका स्थानीय जमिनमुनिको पानीमा भर पर्दा यो सहर भासिँदै गएको छ। एक रिपोर्ट अनुसार यो सहर ६० वर्षयता ३२ फिट भासिएको छ।