• २१ वैशाख २०८१, शुक्रबार

चन्द्रमामा सपिङ मल !

blog

विज्ञान र प्रविधिको चरम विकाससँगै भविष्यमा चन्द्रमामा बस्ती बसाउने योजना बनाइएको छ । वैज्ञानिकको यो योजनालाई समर्थन गर्दै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले चन्द्रमामा सपिङ मल बनाउने रोचक काल्पनिक चित्र सार्वजनिक गरिएको छ ।

एआईका अनुसार चन्द्रमामा मनोरञ्जनात्मक सुविधाहरू पूरा गर्न पसल, रेस्टुरेन्ट, मल्टिप्लेक्सका साथै अन्तरिक्ष यात्रासम्बन्धी स्टलहरू पनि हुने छन् । चन्द्रमामा भव्य मलको निर्माण हुँदा अन्तरिक्षयात्रीका लागि सुरक्षित तथा आरामदायक ठाउँ प्राप्त हुने छ, जहाँ उनीहरू आराम गर्न, भोजन गर्न तथा सुत्न सक्ने छन् ।

चन्द्रमामा यदि मल निर्माण भयो भने मानिसले लामो समयसम्म अन्तरिक्षमै बस्न सक्ने बताइएको छ र त्यहाँबाट अझै लामो दुरीको यात्रा गर्न सक्ने छन् । चन्द्रमामा मलको निर्माणले नयाँ उद्योगको जन्म हुने छ । यसबाट मानिसलाई नयाँ अवसर प्राप्त हुने र अर्थ व्यवस्थालाई टेवा मिल्ने छ । चन्द्रमामा सपिङ मल बन्नु मानवताका लागि नयाँ सुरुवात पनि हुने छ ।  

- युवामञ्च , असोज २०८०