• २४ वैशाख २०८१, सोमबार

विज्ञानले के भन्छ ?

blog

१. जाडोमा किन धेरै पिसाब लाग्छ ? 

जाडोयाममा शरीरका नसा चिसोका कारण खुम्चिने हुनाले रक्तसञ्चार कम हुन जान्छ र रक्तचाप बढ्छ। रक्तचाप घटाउन शरीरले रगतबाहेकका अन्य तरल पदार्थ बाहिर निकालेर रक्तसञ्चार व्यवस्थित गर्छ। यसरी हामीलाई जाडो याममा बढी पिसाब लाग्छ।

२. खाना खाएपछि किन निद्रा लाग्छ ?

खाना पचाउन बढी रगत आवश्यकता पर्छ तर खाना खाइसकेपछि रगतको ठूलो हिस्सा पेटमा प्रवाहित हुने हुनाले मस्तिष्कमा रगत कम हुन गई यसको क्रियाशीलता घट्छ र निद्रा लाग्न थाल्छ।

३. हातखुट्टा किन निदाउँछ ?

धेरैबेरसम्म पलेँटी मारेर बस्दा वा शरीरको कुनै अङ्ग थिचिएमा रक्तसञ्चार अवरुद्ध हुन जान्छ  र हातखुट्टा निदाएको अनुभव हन्छ। 

४. जन्मिँदाका बखत बच्चाको आँखा निलो हुन्छ, किन ?

छालाको रङ निर्धारण गर्ने तत्व मेलानिनले गर्दा यस्तो भएको हो। जन्मिँदाका बखत बच्चाको आँखामा पर्याप्त मात्रामा मेलानिन नथुप्रिने भएकाले आँखा निलो देखिएको हो।

५. दौडिँदा किन मुटुको धड्कन बढ्छ ?

दौडिँदा बढीभन्दा बढी ऊर्जा आवश्यकता पर्छ। त्यसका लागि शरीरको सबै भागमा धेरै र छिटोछिटो अक्सिजन तथा ग्लुकोज पु¥याउनपर्ने हुन्छ। यसले रक्तसञ्चारको गति स्वतः बढ्न जान्छ । त्यसैले दौडिँदा मुटुको धड्कन बढ्छ।

६. गर्मीमा किन दही चाँडै जम्छ ?

लेक्टोबेसिलस एसिडिफिलस नामक कीटाणुले दूधलाई दही बनाउने काम गर्छ। यसले ३०–४५ डिग्री सेल्सियस तापक्रममा छिटोछिटो काम गर्ने भएकाले गर्मीमा दही चाँडो जम्छ तर हिउँदमा तापक्रम ३० डिग्रीभन्दा कम हुन्छ। अनि कीटाणुले छिटो काम गर्न सक्दैन। त्यसैले हिउँदमा दही ढिलो जम्छ।

७. महिलाको स्वर सुरिलो र पुरुषको स्वर धोद्रो किन ?

किशोरावस्थामा पुरुषको शरीरमा टेस्टोस्टेरोन नामक हर्मोनको उत्पादन बढ्छ। जसले घाँटीभित्र हुने भोकल कर्डलाई लामो र बाक्लो बनाउने भएकाले स्वर धोद्रो हुन गएको हो तर महिलाको शरीरमा टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा स्वर सुरिलो हुन्छ। 

८. ज्वरो किन आउँछ ?

सामान्य अवस्थामा शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ। जब शरीरमा कनै रोगाणु प्रवेश गरी सङ्क्रमण गर्न थाल्छ तब रोगाणु  मार्न र सङ्क्रमण रोक्न शरीरलाई बढी इन्जाइम, हर्मोन र रक्तकोष निर्माण गर्नुपर्ने हुन्छ। जसले गर्दा रक्तप्रवाह बढ्न गई शरीरको तापक्रम वृद्धि हुन्छ, जसलाई हामी ज्वरो भन्छौँ।   

Author

बद्रीप्रसाद घिमिरे