• ७ कात्तिक २०८२, शुक्रबार

रुकुममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

blog

उपचारको लागि बाँफिकोटको छिनखेतस्थित कुसारी पोलिक्लिनिकमा ल्याइएका जीप चालक टोपजंग बुढा । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ७ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार घाइतेको उद्धार कार्य र्भरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 

दुर्घटनाको सूचना लगत्तै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा करिब १८ जना यात्रु थिए । 

जीप चालक टोपजंग बुढा गम्भीर रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन ।