भारतको समुद्रयान मिसन
भारतले चन्द्रयान–३ र सूर्य मिसनपछि अब समुद्रको गहिराइ नाप्ने तयारी गरेको छ । यसका लागि भारतले समुद्रमा जाने यान बनाउँदै छ । यसलाई समुद्रयान साथै मत्स्य ६००० पनि भनिएको छ । यस यानमा तीन जना समुद्रको छ हजार मिटर गहिराइसम्म जाने छन् अनि त्यहाँ अध्ययन र अनुसन्धान गर्ने छन् । चेन्नइको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीले यो यान बनाइरहेको छ । यो एक सामुद्रिक मिसन हुने छ । जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लु इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जानकारी प्राप्त हुने छन् ।
रहस्यमय अङ्गच्छेदन
शताब्दीयौँदेखि गाईबस्तुको रहस्यमय अङ्गच्छेदनको घटना भइरहेका छन् । आमसिकारीदेखि अज्ञात उडनतस्तरी यी घटनाका जिम्मेवार रहेको व्याख्या हुने गरेको छ । वास्तविकता के हो ? मुर्दा गाईबस्तुको अवस्था देखेर तिनका पालक स्तब्ध हुन्थे । पशुका आँखा, कान, पेट, मलद्वार, यौन अङ्ग र जिब्रो चतु¥याइँपूर्वक काटिएको देख्दा यस्तो लाग्थ्यो धारिलो र सफा उपकरणले तिनलाई काटिएको हो । मरेका गाईबस्तुको शरीरमा रगतको थोपा हुँदैनथ्यो । घटनास्थलमा न त कसैको पदचिह्न देखिन्थ्यो न त त्यहाँ मौकाको फाइदा उठाउने मुर्दाखोर नै फेला पर्दथे ।
प्राचीन इजिप्टको पहिलो महिला शासक नेफेरुसोबेक
इजिप्टका महिला शासकको चर्चा हुँदा सबैले रानी क्लियोपेट्रालाई सम्झने गर्दछन् तर क्लियोपेट्राभन्दा अघि पनि इजिप्टमा महिला शासक थिए । क्लियोपेट्रा झैँ उनीभन्दा अगाडि इजिप्टमा शासन गर्ने महिला शासकमा नेफेरुसोबेक (सोवेकनेफेरु), मर्निथ, ह्यात्सेपसट, नेफेर्टिटी र तावोस्रेटको नाम अग्रपङ्क्तिमा आउँछ । पछिल्लो अध्ययनले उल्लिखित महिला शासकमध्ये नेफेरुसोबेक इजिप्टमा शासन गर्ने पहिलो महिला फारो (शासक अर्थात् रानी) रहेको तथ्य पुष्टि गरेको छ ।
परमाणु संयन्त्र नजिक देखिने उडनतस्तरी
यसको सुरुवात सन् १९४० को दशकमा भयो, परमाणु बम विकास गरिँदै गरेको स्थल नजिक । परमाणु संयन्त्रहरू नजिक अज्ञात उडनतस्तरी (युएफओ) देखिने घटना बढी किन भएका छन् ? किन अमेरिकी सरकारले सम्भावित राष्ट्रिय खतराको गहिराइ आकलन गर्न अधिक तत्परता देखाइरहेको छैन ? यी प्रश्न गरिरहेका छन् अमेरिकी सुरक्षा र गुप्तचर निकायका पूर्वउच्च अधिकारीहरू, ‘एयरोस्पेस’ उद्योगका अग्रजहरू, विद्वान्हरू तथा ‘टु द स्टार्स एकेडेमी अफ आर्ट्स एन्ड साइन्स’ सँग आबद्ध व्यक्तिहरूसहितको एउटा टोलीले । यस टोलीले युएफओ देखिएको सम्बन्धमा भएका अनेक घटनाको अनुसन्धान गरिरहेको छ तथा यसले सरकारको गम्भीर भएर ध्यानआकर्षण गराउन वकालत गरिरहेको छ ।
पानीसहितको बाह्य ग्रह
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी (नासा) ले पानीसहितको बाह्य ग्रह फेला पारेको छ । पृथ्वीबाट एक सय २० प्रकाशवर्ष टाढा रहेको केटु–१८ बी नामको सो बाह्य ग्रहमा पानी फेला परेकाले त्यहाँ जीवन हुन सक्ने नासाका वैज्ञानिकको अनुमान छ । नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ सङ्केत गर्ने एक रसायनसमेत फेला परेको छ ।
पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी
सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो । खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो । जसले गर्दा पृ
जेलमा २० मिनेट कलङ्क जीवनभरको
अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प सबैभन्दा विवादास्पद राष्ट्रपति भएका छन् । उनका हठ तथा घमण्डले संसदीय इतिहासमै नभएका घटना त्यहाँको संसद् भवनमा भयो । राष्ट्रपति चुनाव हारे पनि उनले हार स्वीकार गरेनन् । ट्रम्पले आफ्ना समर्थक, कार्यकर्तालाई उक्साएर अमेरिकी संसद् ‘क्यापिटल हिल’ मा आक्रमण गराए । संविधान मिच्नेदेखि शक्तिको दुरुपयोग गर्ने काम गरेका ट्रम्पले दुई पटक महाभियोग सामना गर्नु प¥यो, यौन दुराचारको अभियोगमा दण्डित भए ।
आज राति खण्डग्रास चन्द्रग्रहण
शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १:२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
लजालु रेडपान्डा
दुर्लभ जनावर रेडपान्डाको मुख्य आहारा मालिङ्गो हो । लेकाली क्षेत्रमा जब मालिङ्गोमा टुसा पलाउन थाल्छ, तब रेडपान्डाका पोथीहरूले बच्चा जन्माउने र हुर्काउने समय सुरु हुन्छ । रेडपान्डाले शान्त ठाउँ मन पराउँछ । मानव तथा अन्य जनावरले गरेको अशान्त क्रियाकलाप यसले मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेश गर्न रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी रोक लगाइन्छ । होहल्ला भएमा रेडपान्डाको माउले बच्चा छोडेर हिँड्ने खतरा हुन्छ । अनि स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ । जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर