• २३ वैशाख २०८१, आइतबार

मेसीका कारण ज्यान बच्यो

blog

अतिवादी समूह हमासद्वारा गत अक्टोबरमा इजरायलमाथि अप्रत्यासित आक्रमण गरी सयौँ मानिसलाई बन्धक बनाइयो तर ९० वर्षीय अर्जेन्टिनी महिला लियोनेल मेसीका कारणले अपहरणमा पर्नबाट जोगिइन् । हमासका लडाकुले ती महिलालाई नियन्त्रणमा लिएका थिए तर मेसीका कारणले छाडिदिए । ती महिलाले पछि प्रतिक्रिया दिँदा जानकारी दिइन्, “मैले भनेँ मेसी जुन देशका हुन् म पनि त्यही देशको हुँ...।”

मैले उनलाई सोधेँ, “के तिमी फुटबल हेर्छौं ?”

उनले भने, “किन नहेर्नु।”

“मैले मेसीको नाम लिँदा उनी छक्क परेका थिए।”

उनले पनि मेसीलाई मन पराउँदा रहेछन् । “त्यसपछि उनले आफ्नो बन्दुक मलाई समात्न भने र मेरो काँधमा हात राखे । उनले मलाई शान्तिको सङ्केत गर्न भने र फोटो खिचे ।” 

–युवामञ्च