• २२ वैशाख २०८१, शनिबार

हेलियोब्याक्टर पायलोरी ब्याक्टेरियाका कारण पेटमा अल्सर

blog

हेलियोब्याक्टर पायलोरी ब्याक्टेरियाका कारणले पेटमा अल्सर विकास हुने कुरामा बेरी मार्सल विश्वस्त थिए तर उनको कुरामा कसैलाई विश्वास थिएन । उनको सिद्धान्तलाई मानिसमा परीक्षण गर्न मनाही भएका कारणले उनले आफैँले हेलियोब्याक्टर पायलोरी ब्याक्टेरिया भएको तरल पर्दा पिए । अनि केही दिनमै उनको पेटमा अल्सर विकास भयो । उनले एन्टिबायोटिक्सद्वारा त्यसको उपचार गरे र अन्ततः सन् २००५ मा उनलाई यस शोधमा नोबेल पुरस्कार प्राप्त भयो । 

–युवामञ्च