• १२ साउन २०८१, शनिबार

चन्द्रमामा बुलेट रेल !

blog

जापानी वैज्ञानिकहरूले चन्द्रमामा बुलेट रेल चलाउने तयारी सुरु गरेका छन् । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले  काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलमार्ग निर्माण गर्ने योजनामा काम गरिरहेका समाचार थाहा भएको छ । योसँगै पृथ्वीभन्दा बाहिर मानिसलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ ।

जापानी शोधकर्ताहरू यसका लागि एउटा जीवन्त आवास बनाउने योजनामा जुटेका छन् । यो एउटा सोली आकारको भवन हुनेछ, जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।

उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउने छ । यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधा हुनेछन् ।

एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिटका साथै हरियाली र पानीको सुविधा पनि हुनेछ । काजिमा कन्स्ट्रक्सनले यो भवनको एउटा काल्पनिक नमुना पेस गरेको छ, जसमा यसको पूर्ण योजना देखाइएको छ । 

वैज्ञानिकहरूका अनुसार सन् २०५० सम्ममा १३ सय फिट अग्लो तथा ३२८ फिट व्यासको एउटा प्रोटोटाइप तयार हुनेछ । यद्यपि यसको अन्तिम रूप बनेर सञ्चालन हुनका लागि भने एक शताब्दीसम्म समय लाग्न सक्छ ।