• २० वैशाख २०८१, बिहिबार

आकाश किन नीलो देखिएको ?

blog

वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ प्राप्त गर्छ । पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ हुन्छ । जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ छरिन्छन् । नीलो रङ बढी छरिन्छ । उक्त नीलो रङ हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ । 

–बद्रीप्रसाद घिमिरे