• ८ जेठ २०८१, मङ्गलबार

धेरै उमेरकाे भाले पान्डाको मृत्यु

blog

काठमाडौं, साउन ५ गते । विश्वको सबैभन्दा बुढाे भाले पान्डाको मृत्यु भएको छ । हङकङको चिडियाघरका राखिएको ३५ वर्षको पान्डाकाे मृत्यु भएको हो । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुने कुरा बिबिसीले उल्लेख गरेकाे छ ।

केही हप्तादेखि स्वास्थ्यस्थिति खस्किँदै गएपछि खानेकुरा खान नसकेपछि पानी र जीवनजललगायतका पेयपदार्थ मात्र दिइएको चिडियाघर सञ्चालकहरुले बताएका छन् ।

‘एन एनसँग बिताइएका कैयौँ खुसी र मुटु छुने क्रियाकलापहरु छन्, उनको चलाखीपन र मनोरञ्जनात्मक गतिविधि स्मरणीय रहनेछन् ।’ पार्कका सञ्चालक पालो पोङ्गले बताउनुभयो ।


चीनको सिचुवान प्रान्तमा जन्मेका एन एनलासहित जिया जिया नाम राखिएका पाेथी पाण्डालाई चीन सरकारले हङकङलाई उपहारस्वरुप प्रदान गरेको थियो ।

सन् २०१६ मा ३८ वर्षको उमेरमा जिया जियाको मृत्यु भएको थियो । उनी पनि सबैभन्दा बढी बाँचेकी पाेथी पाण्डा हुन् ।

यिङ यिङ र ले ले नाम राखिएका अरु दुई वटा पाण्डा मात्र ओसिएन पार्कमा छन् ।

पाण्डाहरुको उमेर जङ्गलमा २० वर्षभन्दा कम हुन्छ भने पालिएका पाण्डाहरुको उमेर धेरै हुन्छ ।

चीनले पाण्डालाई राष्ट्रिय सम्पदाको रुपमा मान्यता दिएको छ । चीनले मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउनका लागि पाण्डालाई उपहारस्वरुप प्रदान गर्दै आएको छ । उपेश महर्जन (बिबिसी)