शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजानमा वैशाख १३ देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा हुन लागेको कर्पोरेट टी–१० लिगको तयारी पूरा भएको छ ।
आयोजकले शनिबार पत्रकार सम्मेलनगरी प्रतियोगिताबारे जानकारी दिएको हो । लिगमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ६ टोलीको सहभागिता रहनेछ । जसमा एनसेल, क्लाउडफ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेज रहेको छ ।
प्रतियोगितालाई मुख्य प्रायोजक टेक्स्पायर कलेजले गरेको छ । कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले कर्पोरेट टी–१० को आयोजना कलेजका लागि गर्वको विषय भएको बताउनुभयो ।
कर्पोरेट टी–१० ले कर्पोरेट क्षेत्रमा खेलकुदको स्तर उकास्नुका साथै खेलाडीमा अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।