• ११ असार २०८२, बुधबार

सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा साउद नियुक्त

blog

सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएक गजेन्द्र साउद । तस्बिर : निराजन परियार

निराजन परियार 
चौमाला (कैलाली), असार ११ गते ।
सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउद नियुक्त हुनुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषदमा साउद नियुक्त हुनुभएको हो ।

साउद विगत एक दशकदेखि खेलकुद तथा युवाका सवालमा क्रियाशील रहँदै आएका थिए । प्रदेश सरकारले युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा नीति निर्माण प्रक्रियामा सहभागी गराउन परिषदमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नयाँ कार्यकारी उपाध्यक्षको रूपमा नियुक्त भएपछि साउदले युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले प्रदेशभरका युवाहरुलाई एकीकृत गर्दै समावेशी र दूरगामी योजनाहरू अघि सार्ने योजना बनाएको बताउनुभएको छ ।