दक्षिण अफ्रिकी देश बोत्स्वानामा विश्वको दोस्रो ठूलो हिरा भेटिएको छ । दुई हजार ४९२ क्यारेटको हीरा फेला परेको क्यानडेली खनिज उत्खनन कम्पनीले बताएको छ । उत्तरपूर्वी बोत्स्वानाको कारोवी डाइमन्ड माइनमा एक्स–रे प्रविधि प्रयोग गरेर सो हिरा निकालिएको थियो ।
कम्पनीले सो हीराको मूल्य कति पर्छ भनेर भनेको छैन । न त यसको गुणस्तरबारे नै केही भनेको छ । क्यारेटका आधारमा भन्ने हो भने सन् १९०५ मा दक्षिण अफ्रिकामा भेटाएको कुलिनान हिरा अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । सो हीरा तीन हजार १६ क्यारेटको थियो ।
हीरा लगभग मान्छेको हत्केला जत्रै ठूलो छ । बोत्स्वाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक देशमध्येमा पर्दछ । त्यहाँको कुल गार्हस्थ उत्पादनमा हीरा उद्योगको योगदान ३० प्रतिशत रहेको छ । त्यहाँको कुल निर्यातमा हीराको अनुपात ८० प्रतिशत छ ।