सुजाता एक वर्षपछि घर फर्किन् । चतुरेलाई चौतारोमा बसेर बाटो हेरिरहेको देखिन् । सुजाताले उसलाई चार/पाँच वर्षअघि स्कुलबाट फर्र्किंदा बाटोमा एक्लै भेटेर घरमा ल्याएकी थिइन् । चतुरे नामले बोलाउन थालिन् । अनि ऊ चतुरे भयो । त्यतिबेला ऊ दुई महिना जतिको हुँदो हो । निकै दुब्लो र ख्याउटे थियो ।
टोलका कति मानिस सुजाता र चतुरेलाई चार/पाँच वर्षदेखि दिदीभाइ जस्ता देख्थे । कोही ‘साथी हुनु त यस्तो पो !’ भन्ने गर्थे । एउटा अर्कोबाट कहिल्यै छुट्टिन चाहँदैनथे । बितेका वर्षमा सुजाता स्कुल जान लाग्दा चतुरे पनि सँगै तयार हुने गथ्र्यो । डाँडाको चौतारोसम्म पु¥याउन जान्थ्यो र फर्किन्थ्यो । कुनै दिन त दिनभरि चौतारोमै बसिरहन्थ्यो । सानो पानी पर्दा पिपलको रुखमा ओत लाग्थ्यो । कहिलेकाहीँ त ठुलो पानी परेको अवस्थामा पनि पूरै रुझेरै नि त्यहाँ बसिरहन्थ्यो । सुजाता आउने बाटो एकटकले हेरिरहन्थ्यो ।
चतुरेको यो चाला देख्दा त्यहाँका बासिन्दा अचम्म मान्थे । ४ बजे सुजाताको स्कुल छुट्टी हुन्छ भन्ने कुरा उसलाई कसैले भनिदिए जस्तै लाग्थ्यो । चौतारोमा दौडँदै पुग्थ्यो । सुजातालाई भेटेपछि शरीरको हाउभाउ प्रदर्शन गर्दै स्वागत गथ्र्यो । अनि सँगै घर फर्किन्थ्यो ।
सुजाताका मामामाइजूले सानी र पुतली जस्ती भान्जीलाई आफूसँगै राखेर पढाउने विचार गरेका थिए । त्यसैले पोहोर वैशाखमा मामाघर गएकी थिइन् । वर्षदिन पूरा गरेर अहिले घर फर्केकी हुन् ।
सुजाता मामामाइजूसँग डाँडाको चौतारोमा आइपुगिन् । पोहोर साल त्यही चौतारोबाट छुट्टिएका थिए सुजाता र चतुरे । त्यहाँ ऊ टुक्रुक्क बसेर बाटोतिर एकटकले हेरिरहेको थियो । यो देखेर सुजाताको खुसीले सीमा नाघ्यो । मामामाइजू छक्क पर्नुभयो । सुजातालाई देखेर ऊ एकछिन अलमलियो । ऊ यो गरूँ कि त्यो गरूँको स्थितिमा देखियो । सायद सुजातालाई ठम्याउन गाह्रो परिरहेको थियो । नजिकै पुगेपछि सुजाताले बोलाइन्, “चतुरे ! चिनिनस् मलाई ?”
यो आवाज सुन्नेबित्तिकै उसले कुइँकुइँ, क्वाइँक्वाइँ गर्दै जिउ तन्कायो र नजिकै आएर उनलाई सुङ्यो । फेरि फरक खालको आवाज निकाल्दै सुजाताको गोडामा टाँस्सिन पुग्यो । सुजाताले ढाडमा सुमसुम्याउँदै भनिन्, “भाइ चतुरे ! अब हिँड घर जाऔँ ।”
आज्ञाको पालन गरेझैँ चतुरे बाटो लाग्यो । सुजाता, माइजू र मामा उसको पछि लाग्नुभयो । घर पुगेपछि चतुरे लालुपातेको बोटमुनि गयो । एकछिन लडिबुडी ग¥यो । अनि, लमतन्न परेर सुत्यो ।
सुजाता, मामामाइजू, बुवाआमा आपसमा खुसी बाँड्दै थिए । चतुरेको वर्षभरिको गतिविधिको पनि चर्चा भयो । खाना खाने बेला भएपछि सुजाता चतुरेलाई खोज्न निस्किन् । ऊ बाँसको झाङनजिकै पल्टिरहेको थियो । उसको मुखसँगै रगत देखेर सुजाता डराइन् । नजिकै पुगेर हेर्दा त उसको चिसो शरीर मात्र थियो । सबैलाई सधैँका लागि छोडेर गइसकेको रहेछ । सुजाता निःशब्द उभिरहिन् ।
खानाखाने बेला भएपछि सुजता चतुरेलाई खोज्न निस्किइन् । ऊ बाँसको झाङ नजिकै पल्टिरहेको थियो । उनी नजिकै गइन् । ऊ मस्त निन्द्रामा थियो । सुजाताले उसको टाउकोमा सुम्सुमाउँदै बोलाइन् “चतुरे ! सुतेको ? उठ, अब खाना खानुपर्छ ।” उसले आँखा खोल्यो र पुच्छर हल्लायो । जुरुक्क उठ्यो । घरका सबैजना र चतुरेले नजिकै बसेर खाना खाए ।