• १६ भदौ २०८१, आइतबार

२०८१ साल भदौ महिनाको राशिफल

blog

मेष :

पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाला ।  मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्य अनुकूल रहने छ । भेटघाट, रमाइलो भ्रमणका साथै मनोञ्जनका अवसरसमेत मिल्ने छन् । आर्थिक पक्षका कार्यमा सफलता प्राप्त होला ।  दम्पतीमा सामान्य असमझदारी बढेर जान सक्ने सम्भावना रहेको छ । महिनाको उत्तरार्धमा काममा सफलता, विवादमा विजय तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । घरपरिवारमा धार्मिक कार्यको आयोजना होला ।

वृष :

मानसिक अस्थिरता एवं दुबिधा बढेर जाने छन् । सामान्य जिउज्यान दुख्न सक्ने जस्ता शारीरिक अस्वस्थताको सम्भावना छ ।  मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । पठनपाठनमा सामान्य प्रगतिको योग छ । विवाद एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ । रिस गर्ने एवं काम बिगार्न खोज्ने देखिएकाले सतर्कता अपनाउनुहोला । लेनदेनसम्बन्धी कारोबारमा सामान्य हानिनोक्सानीको सम्भावना देखिएकाले  ठूलो लेनदेन एवं आर्थिक लगानी नगर्दा नै राम्रो होला । महिनाको पूर्वार्धमा आकस्मिक यात्राका सम्भावना छ । मसान्तमा रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ ।

मिथुन : 

उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाला । शारीरिक आरोग्य साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । मनले सोचेका योजनामा  सफलताको सम्भावना देखिन्छ । आर्थिक पक्षका काममा राम्रो सफलता प्राप्त होला । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला । साथीहरूसँगको भेटघाट, रमाइलो ठाउँको भ्रमण जस्ता मनोरञ्जनका अवसर मिल्ने छन् । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ । घरायसी खर्चको मात्रा केही बढेर जाला  ।

कर्कट :

आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ । पठनपाठनमा अभिरुचि बढेर जानुका साथै महत्वपूर्ण सफलता प्राप्त होला । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने छ  । लेनदेनसम्बन्धी कारोबारमा हानिनोक्सानीको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । पेट तथा आँखासम्बन्धी सामान्य समस्या देखापर्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्ला । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

सिंह :

 कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ  । गर्न आँटेका काममा अनायासै रुकावट आइपर्नाले दिक्क पार्ने छ । यात्रा तथा सवारी चलाउँदा विशेष सावधानी  अपनाउनुपर्ने छ  ।  खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्ला । पठनपाठनमा आएको अभिरुचि यथावत् रहने छ । वाणीसम्बन्धी  दोष लाग्ने  देखिएकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । महिनाको मध्यभागमा धनागमको योग रहेको छ । उत्तरार्धमा काममा आएका बाधा व्रmमशः हटेर जाने छन् ।

कन्या : 

पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा महत्वपूर्ण सफलता मिल्ने छ ।  सामाजिक एवं धार्मिक काममा अभिरुचि लाग्ने छ । शारिरिक आरोग्य साथै मानसिक प्रसन्नता अनुकूल रहला । विवादमा विजय मिल्नुका साथै सोचेको काममा सफलता मिल्ने छ । धनागमका स्रोत एवं अवसर मिल्ने छन् । रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । मनोरञ्जनमा सञ्चित धनराशि खर्च गराउने देखिन्छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग रहेको छ । 

तुला :

स्वास्थ्यस्थिति अनुकूल रहला । मनले सोचेका योजनाले सफलता मिल्ने छ । उच्च मनोबलका साथ  कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । रोकिएका काम क्रमशः बन्नुका साथै नयाँ कामसमेत मिल्ने सम्भावना छ । महिनाको उत्तरार्धमा आर्थिक पक्षका काममा सफलता मिल्नुका साथै पद एवं प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ । घरायसी झमेला एवं सन्तानको चिन्ताले भने केही सताउला । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । यात्रा एवं मनोरञ्जनमा खर्च गराउने देखिन्छ ।

वृश्चिक :

 मनले सोचेका योजनामा राम्रै सफलता प्राप्त होला । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । शारीरिक आरोग्य साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । मनोबल बढेर जानुका साथै कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । पठनपाठनमा सफलता मिल्ने छ । महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन् । दाम्पत्य सुख सम्बन्धमा मिठासको आभास होला । आफन्त एवं पारिवारिक भेटघाटले मन रमाउने छ ।

धनु :

 व्यर्थको दौडधुप एवं कार्यव्यस्तता बढेर जाला  । सोचेका योजनामा सामान्य बाधाअड्चन आइपर्नाले केही निराश बनाउन सक्छ । सामान्य विवादमा पार्नुका साथै अनावश्यक खर्चको मात्रा बढेर जाने छ ।  अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ला । भूमि एवं वाहनसम्बन्धी झमेला आइपर्न सक्ने छ । महिनाको उत्तरार्धमा काममा आएका अवरोध हटेर जानुका साथै सफलता मिल्ने छ ।

मकर : 

ठूलो लगानी एवं लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ । सामान्य अस्वस्थताको योग छ । मानिसिक अस्थिरता एवं दुबिधा बढेर जाने छ । पठनपाठनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने छन् ।  गर्न आँटेका काममा ढिलासुस्ती एवं बाधाअड्चन आइपर्नाले ढिलासु्स्ती गराउने योग छ  । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्ने छ । महिनाको उत्तरार्धमा धनागम एवं मनोेरञ्जनका अवसर मिल्ने छन् । धार्मिक यात्राको सम्भावनासमेत छ । 

  कुम्भ : 

सामान्य अस्वस्थताको योग छ । कार्यव्यस्तता बढेर जाने  छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाला । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि बढेर जाने छ । पठनपाठनमा आएका बाधाअड्चन क्रमशः हटेर जाने छन् । घरायसी खर्चको मात्रा केही बढेर जाला । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको  सम्भावना छ । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । महिनाको उत्तरार्धमा काममा आएका विघ्नबाधा क्रमशः हटेर जाने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ ।

मीन : 

सफलताको महिना रहेको छ । शारीरिक आरोग्य साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । मनोबल बढेर जानाले कार्यक्षमतामा समेत प्रगति गराउला । आर्थिक पक्षका कामबाट राम्रै लाभको सम्भावना छ । दाम्पत्य सम्बन्धमा चिसोपना बढेर जाने देखिन्छ । अध्ययन अध्यापनमा मध्यम सफलताको योग छ  । साथीहरूसँगको  भेटघाट एवं रमाइलो ठाउँको भ्रमणका अवसरसमेत मिल्ने छन् । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक काममा समेत अभिरुचि लाग्ने छ ।  

Author

ज्यो. हरिप्रसाद पौडेल