• १६ भदौ २०८१, आइतबार

खुट्टामै जोडियो हत्केला !

blog

चिनियाँ फ्याक्ट्रीमा काम गर्ने श्रमिक सी वेको हत्केलालाई सन् २०१३ मा विशिष्ट चिकित्सा पद्धतिद्वारा जीवित राखिएको थियो । चिकित्सकले उनको हत्केलालाई उनको बायाँ गोलीगाँठोमा जोडिदिए र त्यसमा खुट्टामा हुने रक्तसञ्चार प्रणालीद्वारा रक्तप्रवाह गरे । यति गर्दा हत्केला जीवित रह्यो र तातो पनि भयो तर स्नायु प्रणाली नजोडिएका कारण बोधो भयो । कलमी गरिएको हत्केलामा रक्तसञ्चार मात्र थियो । सी वेका अनुसार  खुट्टामा कुनै परिवर्तन भएको यिनलाई महसुस भएन तर अलि गह्रौँचाहिँ लाग्यो ।

एक महिनापछि चिकित्सकले सफलतापूर्वक त्यस हत्केलालाई हातमा पुनः जोडिदिए । निको भएर अस्पतालबाट फर्केपछि सी वे आफ्नो नाडी केही घुमाउन त सक्ने भए तर औँलाहरू पूर्णतया चलेनन् । जोडिएको हत्केलाका स्नायुलाई पूर्ण सक्रिय हुन कम्तीमा छ महिना लाग्ने चिकित्सकले उनलाई जानकारी दिएका थिए । 

–युवामञ्च