• १६ भदौ २०८१, आइतबार

कलम मेरो साथी (कविता)

blog

साना साना हातले

कलम समाउने,

पढ्न लेख्न पाउँदा

मन रमाउने ।

स्कुलमा साथीभाइ

खेली हाँसेको,

रङ्गीचङ्गी चित्र बनाई

त्यसमै रमाएको ।

कलम हो मेरो साथी

निकै माया लाग्छ

जता जाँदा पनि 

यसलाई सँगै लाने गर्छु ।

खाली पाना भरे

हेर अक्षर लेखेर

गुरुआमा खुसी भएर

स्याबासी दिनु भो ।   

साउन मुना २०८१