• १६ भदौ २०८१, आइतबार

मेरी सानी बहिनी (कविता)

blog

मेरी सानी बाहिनी सबैभन्दा ज्ञानी ।

मेरोभन्दा राम्रो उसको आनीबानी ।।

मुसुमुसु हाँस्छे ।

गीत गाउँदै नाच्छे ।। 

मलाई दिदी भन्छे । 

एक, दुई, तीन गन्छे ।


मेरी सानी बहिनीले मलाई माया गर्छे । 

बुबुमाम खाएपछि गृहकार्य गर्छे ।।

कापी बोकी स्कुल जान्छे । 

धेरै पढी आउँछे ।। 

मलाई उसले बोलाउँदा दिदी दिदी भन्छे ।।

ताता, तुनु, नाना नुनु गर्दै बोल्न खोज्छे । 

मेरी बहिनी सानी धेरै ज्ञानी भइछे ।  

साउन मुना २०८१