• १६ भदौ २०८१, आइतबार

मखन चोर कृष्ण (कविता)

blog

बाँसुरीको धुनले सबलाई आनन्द दिलाउँछ ।

चकचक गरी गोकुलमा खुसियाली ल्याउँछ ।।

राति हुँदा जन्मेकोले कृष्ण हुन्छ काले ।

उसको कथा सुनाउँदै भन्नुहुन्छ बाले ।।

राधा उसको प्रिय केटी धेरै माया गर्ने ।

राधाकै लागि बाँच्ने रे राधाकै लागि मर्ने ।।

मुजुरको प्वाँख सिउरी गाईको गोठाला जान्छ ।

पानी पर्दा एक औँलाले पहाड उचालिदिन्छ ।।


दुष्ट राक्षस राक्षसनीलाई छानी छानी मार्छ ।

असल मान्छे र जनावरको उसले रक्षा गर्छ ।।

गोकुलमा सबैले भन्छन् उसलाई ‘मखन चोर’।

मखन चोरी खाए पनि सुरिलो छ स्वर ।।

साउन मुना २०८१