नुन बोक्ने बाटो ऐतिहासिक मार्ग बन्दै
यातायातको सुविधा नहुँदा पूर्वी पहाडी जिल्ला धनकुटाका अधिकांश स्थानीयवासीले नुन बोक्न प्रयोग गर्ने बाटोलाई प्रवर्धन गर्न सुरु गरिएको छ । करिब ५० वर्ष अघिसम्म यो बाटो भएर धरानबाट नुन बोकेर ल्याउने गरिन्थ्यो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।
थासाङको ताल र गुुफा नयाँ गन्तव्य
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।
कालापानीलाई बेस क्याम्प बनाइने
सैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ ।
अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन कार्यक्रम हुने
अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ ।
ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका
समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो ।
ओझेलमा थोङरो प्ली झरना
मनाङको नासोँ गाउँपालिका–८, ताचैमा रहेको थोङरो प्ली झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्त्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन्।
बाजुरामा भुवो पर्वको रौनक
बाजुरामा कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ । बाजुराका जिल्लाका हरेक गाउँ बस्ती बस्तीमा यती बेला दमाहा बाजाका साथ स्थानीय युवाले हातमा ढाल तरबार समातेर भुवो सुरु गरेका छन् ।
भारतीय पर्यटकका लागि रकमको सीमा बढाउन माग
लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् ।
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ ।
कर्णालीमा मोटरबोट
राजापुर नगरपालिकाले कर्णाली नदीमा मोटरबोट सञ्चालनमा ल्याएको छ ।
ओझेलमा बाह्र सय पल्टन डाँडा
दोलखाको बिगु गाउँपालिका स्थितको १२ सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने ) ओझेलमा परेको छ । ऐतिहासिक मात्र नभएर पर्यटकीय महत्वको यस डाँडालाई प्रवर्द्धन गर्नु पर्ने माग स्थानीयबासी गरेका छन् ।
‘बर्लिन पर्यटन मेला’मा नेपालले सहभागिता जनाउने
अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्छ ।
रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै
पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो ।
जलआश्रित पन्छीको गणना सुरु
सिमसार क्षेत्र तथा तालतलैयामा आश्रित स्थानीय र आगन्तुक चराहरुको गणना सुरु गरिएको छ । नेपालमा विभिन्न स्थानमा रहेका ती चराको अवस्था पत्ता लगाउने, गणना गर्ने काम शनिबारबाट सञ्चालनमा आएको छ ।
होमस्टे प्रवर्धनका लागि महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी
बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो ।
मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माण
धनुषा र सिरहा जोड्ने कमला नदीमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरण पुगेको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुल एक हजार पाँच सय एक मिटर लामो र चार फिट चौडाइको छ ।
७७ लाखले गरे आन्तरिक हवाई यात्रा
सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।
कृषि तथा पर्यटन मेला सुरु
नेपाल चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक
अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
'भिजिट जनकपुरधाम २०२४' सुरु
सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ ।
तेह्रकुने सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । माई नगरपालिका १ र ९ को बिचमा पर्ने तीनकुने क्षेत्रमा पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षणको काम समेत भइरहेको छ ।
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।