आठौँ वालिङ महोत्सव सुरु
स्याङ्जामा वालिङ महोत्सव सुरु भएको छ ।
जनवरीमा भित्रिए ७९ हजारभन्दा बढी पर्यटक
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक
सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ ।
लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ
पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
दश वर्ष पुरानो गाडीले पर्यटक बोक्न प्रतिबन्ध
हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा बढी पुरानो गाडीले पर्यटक प्रतिबन्ध लगाएको विज्ञप्ति निकालेको छ । माघ १७ गते हेलम्बु क्षेत्रको गुम्बा र पर्यटकीय स्थल भ्रमणमा आएको गाडी दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु भएपछि उक्त पालिकाले यस्तो विज्ञप्ति निकालेको हो ।
तातोपानी कुण्डको आकर्षण बढ्दै
वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।
नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।
अरुण नदीमा जेटबोटले भोजपुरको यात्रा सहज
भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै राप्ती नदी किनार
पछिल्लो समयमा मकवानपुर र आसपासका जिल्लाका बासिन्दाहरुको वनभोज खाने र रमाइलो गर्ने स्थलमा राप्ती खोलाको किनार र नदी उकास जमिन परिणत हुँदै गएको छ ।
शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने
एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताउनुभयो ।
भित्रिन पाएनन् तेस्रो देशका पर्यटक
सीमापारि भारतको रुपैडिहास्थित अध्यागमन कार्यालयका कारण नेपालगन्ज नाका हुँदै आउने र जाने तेस्रो मुलुकका पर्यटकको आवागमन करिब चार वर्षदेखि बन्द छ । कोभिडका कारण २०७६ साल फागुनदेखि भारत सरकारले रुपैडिहास्थित अध्यागमनबाट तेस्रो देशका नागरिकको आवागमन बन्द गरेपछि भारतीय स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल छिर्न पाएका छैनन् । कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका अन्य नाकाको स्थल मार्गबाट पर्यटकको आवतजावत भए पनि नेपालगन्ज नाकामा भने नियमित हुन सकेको छैन ।
नयाँ पदमार्गको पहिचान गर्न पदयात्रा
म्याग्दीको पर्यटकीयस्थल टोड्के हुँदै धौलागिरी आधारशिविर जाने नयाँ पदमार्गको पहिचान गर्न पर्यटन व्यवसायीसहितको टोली पदयात्रामा निस्केको छ ।
टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु
गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुुरु भएको हो ।
इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि
इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो ।
मनाङमा फाट्टफुट्ट पर्यटक
जलवायु परिवर्तनको असर मनाङमा पनि देखिएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व बढ्यो
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।
बेगनास तालमा मोटरबोट चलाउन रोक
पोखराको बेगनास तालमा मोटर बोट सञ्चालन तत्कालका लागि रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बिहीबार परमादेशसहित अन्तरिम आदेश जारी गरेको हो ।
रेसुङ्गा पार्क सञ्चालनमा
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क सञ्चालनमा आएको छ । रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण भएको रेसुङ्गा पार्क लामो समयपछि सञ्चालनमा आएको हो ।
सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ ।
सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।
नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।
गङ्गापूर्ण हिमतालको संरक्षण गरिँदै
मनाङ ङिस्याङ गाउँपालिकाले गङ्गापूर्ण ताल पछिल्लो समय सुक्दै गएको छ । मानवीय र वातावरणीय कारणले सुक्दै गएको यो ताललाई पुरानै स्वरूपमा ल्याउने योजना अघि बढाइएको छ । तर योजनाले गति लिन भने नसकेको स्थानीयको आरोप छ ।