इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै
इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरूको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् ।
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह
आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् ।
आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा
मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।
फोहोरले ढाकिँदै रारा
पर्यटकको आकर्षक गन्तव्य मध्येमा पर्ने रारा ताल हिजोआज फोहोर ढाँक्न थालेको छ । फोहोर सफाइ र व्यवस्थापनमा स्थानीय सरोकार पक्षले चासो नदेखाउँदा रारा फोहोर बन्न थालेको हो ।
नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिँदै
नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
गाम्फा धुरी ओझेलमा
पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ ।
धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै
सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् ।
खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यो वर्षको पर्यटक सङ्ख्या वृद्धि रेकर्डकै रुपमाः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग रेकर्डकै रूपमा वृद्धि भएको बताउनुभएको छ ।
थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै
थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् ।
पोखरामा प्याराग्लाइडिङ उडान ठप्प
पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो ।
बाँके राष्ट्रिय निकुञ्जकाे आकर्षण जङ्गल सफारी
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरको आयोजनामा बाँके राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी गरिएको छ ।
चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु
चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सप्तकोसीमा पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने
नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरबारीबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निर्माण हुने भएको हो ।
दोलखा महोत्सवको तयारी तीव्र
दोलखा वाणिज्य सङ्घको आयोजना हुने बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा हुने बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारिएको सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रमा लगानी गर्न प्रदेश सरकारको आह्वान
सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक कार्यक्रममा प्रदेश सरकारले सो आव्हान गरेको हो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।
तस्बिरमा ऐतिहासिक तपोभूमि गाम्फाधुरी
अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र रहेको गाम्फाधुरी १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिकस्थल हो ।
पर्यटकको रोजाइमा लोहजरा दह
सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित लोहजरा दह बाह्य तथा आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको छ ।
रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने
नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
रानीतालमा पर्यटक तान्दै मोटरबोट
धनकुटाको राजारानी बजारनजिक रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । खाली समयको सदुपयोग गर्न मात्र नभएर विशेष दिनमा समेत रमाइलो गर्न पर्यटक तालमा आउन थालेका छन् ।
गोदावरीमा जिपलाइन सुरु
कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ ।
तानसेनका घुम्नैपर्ने ऐतिहासिक पर्यटकीय स्थल
तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो । पाल्पा जिल्लाको तत्कालीन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं २०१४ ज्येष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो । तत्कालीन राजा महेन्द्र शाहले विसं २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई तानसेन नगरपञ्चायतु भएको थियो ।
संसारी माइस्थान सिमसारमा पर्यटकको घुइँचो
हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रङ्गीन घरहरु, सँगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो ।