पाँच दिनसम्म आठौँ पर्वतीय महोत्सव मनाइँदै
नेपाल पर्वतारोहण सङ्घले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौँ संस्करणको उक्त महोत्सव मङ्सिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातो पैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो ।
सङ्ग्रहालयमा पर्यटक आकर्षित
जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय बनेको हो । सङ्ग्रहालयभित्र राखिएका विभिन्न ऐतिहासिक सामग्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । दैनिक तीन सयदेखि सात सय पर्यटक अवलोकनका लागि आउने गरेको सङ्ग्रहालयका कर्मचारी बताउँछन्।
थप हिमाल खुलाउने तयारी
सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो । पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “गत वर्ष साउनमा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो,” उहाँले भन्नुभयो, “संशोधनको प्रव्रिmयामा रहेको पर्यटन ऐनमै पर्वतारोहण र साहसिक पर्यटनलाई कसरी समेटेर अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।”
पर्यटन प्रवर्द्धनका लागि साल्पा–सिलिचुङ क्षेत्रमा महोत्सव हुने
भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला महोत्सव हुने भएको छ ।
पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’
धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृश्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
पर्यटकको पर्खाइमा 'केभहिल'
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा पर्ने केभहिल बेनी नगरपालिका ५ पुलाचौरमा पर्छ ।
मुस्ताङ घुम्ने पर्यटक बढे
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार कात्तिक महिनामा स्थलमार्गबाट ७३ हजार आठ सय ७९ आन्तरिक र पाँच हजार ५ सय ४ जना बाह्य पर्यटकहरुले मुस्ताङ भ्रमण गरेका छन्।
फालेलुङ महोत्सव मङ्सिर २५ देखि २७ सम्म
भारत र सिक्किमसँगका सीमावर्ती क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्न भन्दै पाँचथरको फालेलुङमा महोत्सव आयोजना गरिएको छ ।
शैलुङ घुम्न आउने पर्यटक बढ्दै
रामेछाप र दोलखाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न बाह्रै महिना पर्यटक आउन थालेका छन् । वर्षायाममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्य अवलोकन गर्न पाइने भएका कारण समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा स्थित शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ ।
थाहा फिल्म फेस्टिभलमा आजदेखि सुरु
मकवानपुरको थाहा नगरमा शनिवारबाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु हुँदै छ । पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को सम्पूर्ण तयारी पूरा भएको थाहा फिल्म फेस्टिभल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो ।
घोडा चढेर मुक्तिनाथ जाँदै तीर्थयात्री
सहर बजारमा सवारीसाधन चढेर वाक्क भएका पर्यटकहरु मुक्तिनाथ पुगेपछि घोडा चढेर आनन्द लिने गर्छन् ।
‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।
जगदीशपुर तालमा आन्तरिक पर्यटक बढे
विश्व सिमसार एवम् पंक्षि आरक्षक्षेत्र कपिलबस्तुको जगदीशपुर तालमा पर्यटक डुङ्गामा रमाउने गरेका छन् । तालमा डुङ्गा सञ्चालन भएपछि दैनिक आन्तरिक पर्यटकको डुङ्गामा रमाएका हुन् ।
‘भिजिट भरतपुर २०२४’
भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।
पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँ : राज्यमन्त्री सिर्पाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला हुने भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ चित्रेमा अग्रजको सम्मान, कला संस्कृति जोगाउँदै 'पर्यटन प्रवर्द्धन गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथ यही मङ्सिर ६ गतेबाट मेलाको आयोजना गरिएको बाह्रमुले युवा क्लबका अध्यक्ष रिजन विश्वकर्माले जानकारी दिनुभयो।
आन्तरिक पर्यटकको चहलपहल
नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । वर्षामा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल असोज महिनादेखि खुला भएपछि पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिनुभयो ।
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरूलाई सुताउन र खाना खुवाउन व्यवसायीहरू २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाउनुभयो ।
पर्यटकीय गन्तव्य बन्दै 'मानहुँकोट' (फोटो फिचर)
चिसो मौसम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । यहाँबाट दमौली वरपर बिहानै फैलने तलाउँ जस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिने भएकाले पर्यटक आकर्षित भएका हुन् ।
नयाँ गन्तव्य बन्दै माझुभन्ज्याङ
देशकै पहिलो होमस्टे सिरुबारी र धार्मिक पात्र श्रवण कुमारलाई राजा दशरथले वाण हानेको स्थललगायत चर्चित पर्यटकीयस्थल आँधीखोला गाउँपालिकामा नै रहेका छन् । सो पालिकाले उक्त क्षेत्रको विकाससँगै थप पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेको छ । पालिकाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न यस्तो योजनासहितको सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला–१, माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ ।
पर्यटक लोभ्याउँदै टीकापुर पार्क (फोटो फिचर)
टीकापुर पार्कमा मङ्सिर २ गते शनिबार दश हजार ६०० जना पर्यटकले अवलोकन गरेका छन् । कर्णाली, लुम्विनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका पर्यटकले करिब १३ विघामा फैलिएका पार्कका गार्डेन, बाटिका, पिकनिक स्थल, पार्किङ भरिभराउ छन् ।
पर्यटक आउने सिजनमै गाउँ अँध्यारो
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी विकट गाउँ बेदिङवासीले यो वर्षको तिहार अँध्यारोमा मनाएका छन् । बेदिङमा तिहारअघिदेखि नै विद्युत् लाइनमा आएको समस्या समाधान नभएपछि अँध्यारोमा तिहार मनाउन बाध्य भएको स्थानीय मिङ्मा शेर्पाले दुःखेसो पोख्नुभयो । गाउँ नजिकै ४५६ मेगावाटको माथि
वसन्तपुरमा विदेशी पर्यटक बढ्दै
विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको घुइँचो लागेको छ ।