जलआश्रित पन्छीको गणना सुरु
सिमसार क्षेत्र तथा तालतलैयामा आश्रित स्थानीय र आगन्तुक चराहरुको गणना सुरु गरिएको छ । नेपालमा विभिन्न स्थानमा रहेका ती चराको अवस्था पत्ता लगाउने, गणना गर्ने काम शनिबारबाट सञ्चालनमा आएको छ ।
होमस्टे प्रवर्धनका लागि महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी
बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो ।
मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माण
धनुषा र सिरहा जोड्ने कमला नदीमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरण पुगेको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुल एक हजार पाँच सय एक मिटर लामो र चार फिट चौडाइको छ ।
७७ लाखले गरे आन्तरिक हवाई यात्रा
सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।
कृषि तथा पर्यटन मेला सुरु
नेपाल चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक
अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
'भिजिट जनकपुरधाम २०२४' सुरु
सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ ।
तेह्रकुने सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । माई नगरपालिका १ र ९ को बिचमा पर्ने तीनकुने क्षेत्रमा पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षणको काम समेत भइरहेको छ ।
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।
सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक
प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
चिटिक्क सजियो वसन्तपुर
सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र वसन्तपुरमा सौन्दर्यीकरणका विभिन्न गतिविधि निरन्तर अघि बढेको छ । हरियाली बिरुवाको गमला सजाएसँगै यस क्षेत्रको आकर्षण थप बढेको छ ।
माईस्थानमा अस्थायी जलसरोवर निर्माण
सिन्धुली जिल्लाको कमलमाई नगरपालिका-५ स्थित ऐतिहासिक शक्तिपीठ कमलामाई मन्दिर माईस्थान अगाडी अस्थायी जलसरोवर निर्माण गरिएको छ ।
काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।
घलेगाउँका घरबास पर्यटकले खचाखच
समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले राससलाई बताउनुभयो ।
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।
जाखोर तालमा आन्तरिक पर्यटकको भीड
अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।
बागमती प्रदेश २०२४ भ्रमण वर्ष घोषणा
उहाँले पर्यटनलाई प्रदेशको आम्दानीको स्राेत बनाउने गरी प्रदेश सरकारले नीति बनाउने बताउँदै बढी भन्दा बढी पर्यटक प्रदेशभित्र भित्र्याउने लक्ष्य रहेको सुनाउनुभयो ।
प्रकृतिको क्रीडाभूमि मनाङको स्वरुप फेरिँदै
हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेको जस्तो आभास दिने एवम् अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुकेको जस्तो अनुभूति हुन्छ ।
भेडेटारमा भारतीय पर्यटकको घुइँचो
भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृश्य हेर्न औधी मनपर्छ ।
पर्यटन प्रवर्द्धन गर्न 'घुम्न जाऔं बन्दीपुर' अभियान
‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि 'घुम्न जाऔँ बन्दीपुर' अभियान सुरु गरिएको छ ।
बागमती प्रदेश पर्यटन प्रवर्धन वर्ष २०२४ शुभारम्भ गरिँदै
बागमती प्रदेश सरकारले सन् २०२४ लाई प्रदेश भ्रमण वर्षको रूपमा मनाउने भएको छ । प्रदेश सरकारले प्रदेश भ्रमण २०२४ वर्ष अङ्ग्रेजी सन् २०२४ को पहिलो दिन आज (सोमबार) प्रदेश भ्रमण वर्षको घोषणासँगै शुभारम्भ गर्ने भएको हो ।
गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण
ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।