गुणबहादुर रोका
सुलीकोट, पुस १९ गते । नेपाल चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
आजबाट सुरु भएको महोत्सव पुस २९ गतेसम्म चल्ने चेम्बर अफ कमर्सका महासचिव विष्णु राना मगरले जानकारी दिनुभयो । महोत्सवले आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याउन सहज हुने गरी कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।
अहिले खस्किँदै गएको बजार माथि उकास्न यो मेलाले सहयोग पुग्ने भन्दै महासचिव रानामगरले स्थानीय रूपमा उत्पादन भएका बस्तुहरूलाई चेम्बर अफ कमर्सले बजारमै खपत गरिदिने विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा गोरखामा लामो समयदेखि अविराम रूपमा व्यापार व्यवसाय गर्दै आएका ४ जना व्यावसाायीहरु थिरभक्त श्रेष्ठ, धिरज बहादुर मास्के, बद्री बहादुर मास्के र मोहनलाल श्रेष्ठलाई सम्मान गरिएको छ ।