चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा
वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ ।
पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ ।
खेलकुद पर्यटनको सुरुआत गर्दै चौबिसे
धनकुटाको चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुआत गर्ने भएको छ । आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात-एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् ।
आलेख : जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा
अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।
पर्यटकको रोजाइमा ‘पित्लेक’
स्याङ्जाको वालिङ नगरपालिका–५ मा रहेको ‘पित्लेक’ अर्गानिक तरकारी, खाद्यान्न र फलफूल उत्पादनका लागि परिचित सुन्दर गाउँ हो । पित्लेक, आरुपाटा र पाँडथोक गरी तीन गाउँ यो क्षेत्रमा पर्छ । यहाँ गुरुङ, मगर, बाहुन र दलित समुदायको बाक्लो बसोबास रहेको छ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यस पालिकाको १४ वटै वडाका विभिन्न स्थानको अवलोकनसँगै आकर्षक हिमदृश्य देखिने भएकाले पित्लेक पर्यटकको रोजाइमा परेको हो । गाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्रलगायत हिमाल स्पष्टसँग देखिन्छ । वालिङ बजार र आँधी खोलाको सुन्दर दृश्य यहाँबाट देख्न सकिन्छ । यहाँ १४१९ मिटरको उचाइमा होमस्टे छ ।
पर्यटकको रोजाइमा पुम्दीकोट
पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट । पोखरा महानगरपालिका–२२ मा फेवातालको माथि डाँडामा पर्ने पुम्दीकोट अचेल आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । ४० करोड रुपियाँको बृहत् गुरुयोजना अनुरूप काम भइरहेको यो कोटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमेत पुग्नुभएको थियो ।
पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था
बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका छन् ।
मादी नदी थुनेर ताल बनाइँदै
तनहुँको व्यास नगरपालिकाले मादी नदीलाई थुनेर ताल बनाउने काम अघि बढाएको छ ।
पुनहिलमा पानी लैजान पाउँदैनन् पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ। पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टी हाउसबाट पानी किनेर पिउनुपर्ने नियम छ। पुनहिल जाँदा थर्मसमा आफैँ तातोपानी बोकेर लैजान नपाएको पर्यटकले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौंदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ ।
‘काठमाडौँमा स्मार्ट पर्यटन सम्भव’
प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रतिवेदनले काठमाडौँमा स्मार्ट पर्यटन सम्भव रहेको देखाएको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘पर्यटकीय सहर’ अन्तर्गत भएको मार्केट रिसर्च फर एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) फर टुरिजम एप्लिकेसनको प्रारम्भिक प्रतिवेदनमा यस्तो देखाइएको हो ।
सेताम्मे हिमाल किन कालो हुँदैछ ?
गण्डकी, मङ्सिर २६ गते । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।”पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ रु’ शीर्षकमा भएको समूहगत छलफलमा उहाँले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताउनुभयो । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गर्नुभयो ।पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उहाँको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पुर्याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ ।”छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राख्नुभयो । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।”हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । “नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ”, पत्रकार दीक्षितले भन्नुभयो, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ ।” उहाँले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताउनुभयो ।जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो । हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो ।
मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
यसरी फेरियो पुम्दीकोटको परिचय
पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।
पर्यटन प्रवर्द्धन गर्दै श्रम संस्कृति उद्यान
सुनसरीको धरान उपमहानगरपालिका-१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ ।
जनकपुरधाममा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा बनाइने
जनकपुरधाममा सीताराम विवाह पञ्चमीको अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सितारामको प्रतिमा निर्माण गरिने भएको छ ।
ओझेलमा ऋणीमोच्छ तीर्थस्थल
मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको ऋणीमोच्छ तीर्थस्थल ओझेलमा परेको छ । छायाँनाथ रारा नगरपालिका –१२ मा रहेको ऋणीमोच्छ तीर्थस्थलमा आवश्यक संरचना तथा प्रचार–प्रसारको अभावमा ओझेल परेको हो ।
रारामा चार महिनामा चार हजार पर्यटक
कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने १७ औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अंग्रजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
गुरुङ संस्कृतिमा विवाह गर्न बेलायतदेखि तनहुँमा (फोटो फिचर)
बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् । लामो समयदेखिको प्रेमलाई मार्क टोवन्सेन्ड र र रुथ टोवन्सेन्डले तनहुँको भानु नगरपालिका– १२ स्थित मिर्लुङ, ओख्लेबाट विवाह गर्नु भएको हो ।
कीर्तिपुरमा केबुलकार निर्माणको माग
कीर्तिपुर स्थिति पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माण तथा पुष्पलालदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणको माग राखिएको छ ।
आरोहणका लागि एक हजार ३२९ ले लिए अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् । उहाँले भन्नुभयो, “अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् ।
सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती
केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ ।
जीर्णोद्धारपछि मकवानपुरगढी ....(फोटो फिचर)
मकवानपुरको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धारपछि पुराना आकृति अङ्कित संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाएको देखिन्छ । भग्नावशेष मात्र बाँकी रहने अवस्थामा पुगेको ऐतिहासिक मकवानपुर गढी जीर्णोद्धारसँगै सुन्दर बनेको हो ।
चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक
समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।