आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै बागलुङको बेलढुङ्गा
चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।
नेपालको तराई भूपरिधि क्षेत्र संसारको सात उत्कृष्ट स्थानमा
नेपालको तराई भूपरिधि क्षेत्र संरक्षणको दृष्टिले संसारकै सात उत्कृष्ट स्थानमा पर्न सफल भएको छ ।
‘झोलुङ्गे पुलले जोडेको मन’
सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षको हुनुभयो । उहाँले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आउनुभएको थियो तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ ।
झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण
प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।
भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ
भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८ औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।
विश्वका मानिसको मन लोभ्याउने मनाङ
हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् ।
पर्यटन पूर्वाधार निर्माण हुँदै
बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ ।
नेपाल र पाकिस्तानबीच बौद्ध पर्यटनको सम्भावना
पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
नेपालमा ‘पिङ्क टुरिज्म’
प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित छ । ऐतिहासिक तथ्याङ्क, विश्वव्यापी अध्ययन वा धार्मिक प्रमाणका आधारमा समाजमा विपरीत लिङ्गी वा महिला–पुरुषभन्दा फरक यौनिकता भएको मानिसले पनि जन्म लिएको छ भन्ने पुष्टि गर्छ । जन्मँदा बालक वा बालिका जेसुकै भए पनि उमेर बढ्दै गएपछि उनीहरूमा आउने शारीरिक वा मानसिक परिवर्तनले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, ट्रान्सजेन्डर महिला, ट्रान्सजेन्डर पुरुष, अन्तरलिङ्गी, तेस्रोलिङ्गी आदिका रूपमा पहिचान गरिदिएको छ । जसलाई नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (एलजिविटिआइक्यु) का रूपमा परिभाषित गरिदियो । लैङ्गिक पहिचानको कुरा विश्वव्यापी रूपमा स्वास्थ्य सङ्गठनले समेत पुष्टि गरिसकेको छ तर अब लैङ्गिक पहिचान नेपाल
भ्यू–टावर सर्वसाधारणका लागि खुला
बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
‘टुर दि ठाकुरद्वारा’मा भारत–चीनका साइकलयात्रीको सहभागिता
माघ २६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धनका लागि साहसिक साइकल दौड
ओखलढुङ्गामा पर्यटन प्रवर्द्धनका लागि दोस्रो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि जिल्लाको सदरमुकाम बजार क्षेत्रमा साइकल दौड प्रतियोगिताको सम्पन्न गरिएको हो ।
नेपालमा खेल पर्यटन विकास गर्न कोरियामा गोष्ठी
नेपालमा खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा ‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ विषयक एक दिने गोष्ठी हुने भएको छ ।
माल्दिभ्सले २०२४ मा २० लाख पर्यटक भित्र्याउने
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ ।
जहाँ ५६ डिग्रीको तातोपानी निस्कन्छ
अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ । अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रूपमा विकास भएको हो ।
पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग
पर्यटन क्षेत्रका अगुवाहरुले नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पर्यटन क्षेत्रको विकासलाई केन्द्रमा राख्ने क्षमतावान् व्यक्ति नियुक्ति गर्न माग गरेका छन् । आज नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज संस्थाले पर्यटनमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा
रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।
पातीहाल्नेमा हिउँ खेल्नेको भीड
बिहीबार बिहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो ।
पर्यटन प्रवर्द्धनका लागि सडक फुड फेस्टिभल
मधेश प्रदेशमै पर्यटकीय नगरको पहिचान बनेको बर्दीबासमा अब सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) आयोजना गरिने भएको छ ।
पर्यटन प्रवर्धन गर्न पदयात्रा
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जिल्लाका प्रमुखसहित शनिबार लालबन्दी नगरपालिका अन्तर्गत पर्ने नारायण डाँडादेखि कालिन्जोर खोलासम्म पदयात्रा (हाइकिङ्ग) गरिएको छ ।
प्रणय दिवसमा ‘सौराहा फुड फेस्टिवल’
रेष्टुरेण्ट एण्ड बार एसाेसिसन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिवलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिवल’ आयोजना गर्न लागिएको हो ।
हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति
साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ । यसअघि तीन हजार फिटसम्म मात्रै उडान अनुमति पाएको बेलुन नेपालले अब पोखराको निश्चित क्षेत्रमा नौ हजार फिटसम्म उडान गर्ने अनुमति पाएको हो ।
साइकल यात्रुलाई मानसरोवर दर्शन गराइने
नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सव टूर दि ठाकुरद्वाराको अवसरमा सहभागी हुन आउने विदेशी साइकल यात्रुलाई कैलाश मानसरोवरको दूरदर्शन गराउने योजना बनाइएको छ ।
सिमसार मासिदा हराउँदै छन् पानीचरा
नवलपुरमा पछिल्ला वर्षमा मानवीय कारणले सिमसार क्षेत्र मासिदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमलगायतका चरा लोप हुन लागेको चराविदको भनाइ छ ।