घुम्नैपर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् ।
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।
बेगनासमा दौडिए ड्रागन जस्ता डुंगा
पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् । पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।
घोडेपानीको पर्यटन प्रवर्द्धन गर्न घोडादौड प्रतियोगिता
म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन घोडा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा फागु पूर्णिमाको अवसरमा घोडा व्यवसायी समितिले चौथो घोडा दौड प्रतियोगिता आयोजना गरेको हो ।
छथर जोरपाटीको ध्वजे डाँडा (फोटो फिचर)
धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।
अन्नपूर्ण आरोहणका लागि आधार शिविर पुग्न थाले आरोही
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीहरू आधारशिविर पुग्न थालेका छन् ।
गजुर नभएको वज्रवाराही
ललितपुरको लगनखेल बसपार्कबाट आठ किलोमिटर दुरीमा गोदावरी–११, चापागाउँमा वज्रवाराही मन्दिर छ । यही मन्दिर रहेको क्षेत्र चापागाउँ लिच्छविकालीन बस्ती मानिन्छ । ‘चम्पापुर’ नामबाट पनि प्रसिद्ध यो बस्ती अझै अस्तित्वमा रहेको यहाँका मठमन्दिरबाटै प्रस्ट हुन्छ । ऐतिहासिक महìव बोकेका यी सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध छ ।
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।
खुम्बुको पर्यटन जोगाउने भरियाहरू
टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए ।
पर्यटक बढाउन पोखराका होटेलमा छुट
होटल सङ्घ पोखराले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औँ फेवा नववर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
भक्तपुरमा महोत्सवको आयोजना
नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव-२०७०/८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यही चैत २२ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
मनाङमा बढ्न थाले पर्यटक
यस वर्षको दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै मनाङमा पर्यटकको चाप बढेको छ । जनवरी १ देखि मार्च १५ सम्मको तथ्याङ्क अनुसार एक हजार ८५३ पर्यटक मनाङ पुगेका छन् । पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक सूचना केन्द्र धारापानीले जनाएको छ ।
मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी-४ स्थित मर्स्याङ्दीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो ।
बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी
बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ (विस्तृतरुपमा प्रतिक्रिया दिने) मार्फत दिन थालेको छ ।
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ
“प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए ।
धर्माबलम्बीको गन्तब्य बन्दै आँधीखोला
अन्धाअन्धी दह पितृभक्त श्रवण कुमारका दृष्टिविहीन वृद्ध बावुआमाको आँशुले बनेको तालमा धार्मिक पर्यटकहरुको गन्तव्यको रुपमा विकास हुँदैगएको छ ।
चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार
एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन ।
संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाइने
वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो ।
अन्नपूर्ण आधार शिविर र पदमार्गको पर्यटन गुरुयोजना बनाउन अध्ययन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मौरीस हर्जोग पदमार्गलाई समेटेर एकीकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङको पोल्टामा
स्वर्गीय बाबुछिरी शेर्पा खुल्ला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले जितेका छन् । महिला तर्फ तामाङ र पुरुष तर्फको राईले उपाधि हात पारेको हो ।
अग्लो स्थानमा पर्यटन महोत्सव हुँदै
आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।
ऐतिहासिक रानी तलाउको स्तरोन्नति
नेपालगन्ज ८ मा रहेको ऐतिहासिक पर्यटीय स्थल रानीतलाउ उद्यानमा थप पूर्वाधार निर्माण गर्नुका साथै सेवा सुविधा समेत विस्तार गरेर स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ ।