अर्थतन्त्रमा संरचनात्मक सुधार
कुनै पनि देशको अर्थतन्त्र भन्नाले त्यस देशको समष्टिगत आर्थिक क्रियाकलापलाई लिइन्छ ।
सहकारीको मूल्य र मान्यता
केही सहकारी संस्थाका सञ्चालकले सहकारी संस्थाको रकम अपचलन गर्दा नेपाली जनबोलीमा अहिले सबैभन्दा बढी प्रयोगमा आएको शब्द सहकारी भएको छ । राजनीतिक वृत्तमा होस् वा सामाजिक क्षेत्रमा, त्यो पनि बदनाम शब्दका रूपमा । आधुनिक सहकारीको इतिहास सन् १८
एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ ।
मदानेमा उत्कृष्ट विद्यार्थीलाई सम्मान
मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले उत्कृष्ट सबै जनालाई सम्मान गर्नुभएको थियो ।
कांग्रेसको आगामी कार्यभार
पार्टी मुख्यालय सानेपामा सोमबारदेखि सुरु भएको सत्तासीन प्रमुख घटक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । १० महिनापछि बसेको बैठकमा आफ्ना धारणा राख्न पाउँदा सदस्य दङ्ग छन् । अधिकांश केन्द्रीय सदस्यका कुरा सुन्दा लाग्छ, व्यक्तिगत लाञ्छना र पार्टीको आन्तरिक जीवनबाहेक उनीहरूसँग बोल्ने अरू कुनै एजेन्डा नै छैन । आपसमा हिलो छ्यापाछ्याप गर्दैमा भ्याइनभ्याई भएका उनीहरू मुलुकका समस्याप्रति कि बेखबर जस्तो देखिन्छन् । जबकि नेपाली समाज अनेक
ताप्लेजुङमा फैलन थाल्यो लम्पी स्किन सङ्क्रमण
ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौमध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।
कानुन अध्ययनमा आकर्षण
मानव जातिको विकास र सभ्यताको सुरुवातसँगै कानुनको अभ्यास भएको मानिन्छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्दैछ ।
पाँच स्रष्टालाई छिन्नलता पुरस्कार
यस वर्षको छिन्नलता गीत पुरस्कार पाँच स्रष्टालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा आइतबार काठमाडौँमा आयोजित वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औँ जन्मजयन्ती तथा ४३ औँ छिन्नलता गीत पुरस्कार लोकार्पण समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो । सभामुख घिमिरेले सङ्गीत जनमानसमा प्रभावकारी रूपमा पुगेको बताउँदै गुठीले प्रतिभाको खोजी गरेर ४३ वर्षदेखि गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
‘योगमायाको अभियानलाई विश्वमाझ पुर्याउन आवश्यक’
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समानताका लागि आफ्ना अनुयायीसँगै जलसमाधि लिनुभएकी वीराङ्गना योगमायाको स्मृतिमा अनुसन्धान प्रतिष्ठानसँगै सङ्घ संस्था पनि स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
घट्यो भिरमहको उत्पादन
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भिरमह सिकार गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरमा मह सिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार यस वर्ष डेढ सय लिटर मह काढिएको छ । गत वर्ष दुई सय साठी लिटर मह काढिएको थियो ।
‘गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प’
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प बन्न सक्ने भए पनि सोही अनुरूप ऋण परिचालन हुन नसक्दा समस्या भएको बताउनुभएको छ ।
सुनकोशी–मरिणको काम कार्यतालिका मागेर गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।
वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने
नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले वित्त नीतिबाट निर्देशित कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आइतबार राजधानीमा आयोजित ‘प्री मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वित्त नीति र मौद्रिक नीतिबिच उचित समन्वय गरिने बताउनुभएको हो ।
फेरि विदेसिने कृषकको तयारी
धनकुटाको छथरजोरपाटी गाउँपालिका–१, हात्तीखर्कका सञ्जीव कटुवालले चार वर्षअघि आठ वटा उन्नत जातका गाई पाल्न थाल्नुभयो । साथीभाइ विदेश गइरहँदा कटुवाल भने स्वदेशमै गाईपालनमा लागेर दुग्ध पदार्थ उत्पादनमा लाग्नुभयो । केही वर्ष व्यवसाय रामै्र चल्यो, दैनिक १५० लिटरसम्म दुध बेचेको उहाँले सुनाउनुभयो । अहिले भने उहाँलाई यो पेसा निल्नु न ओकल्नु भएको छ ।
सम्पत्ति सार्वजनिक गर्ने नयाँ प्रस्ताव
निर्वाचन, मनोनयन र नियुक्तिबाट सार्वजनिक पद धारण गर्ने व्यक्तिले चलअचल सम्पत्तिसहित तोकिएको विवरण वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्थासहित सरकारले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयक मसौदा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी विधेयक सुझावका लागि सार्वजनिक गरेको हो ।
अब बैङ्कमा पनि पूर्वयोग्यता परीक्षा
लोक सेवा आयोगले सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने भएको छ । आगामी असोज महिनामा पथप्रदर्शी ‘पाइलट’ परीक्षाका रूपमा तीन वटा सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ ।
फेरि अड्कियो शिक्षा विधेयक
शिक्षक बढुवाको विषयमा सहमति नजुट्दा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक उपर छलफल रोकिएको छ । आइतबार समितिको बैठक बसे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा समावेश गर्नुपर्ने विषयमा सरोकारवालासँग थप छलफल गर्नुपर्ने बताउँदै केही दिन समय दिनुपर्ने बताउनुभएको थियो तर समितिका अन्य सदस्यले भने बैठक बोलाउने तर सरकारको तर्फबाट सधैँ छलफल मात्रै गर्नुपर्ने भन्दै बैठक स्थगित गर्न माग गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।
बर्सेनि काटिन्छन् सवा लाख रुख
पूर्वाधार विकास निर्माणको नाममा हरेक वर्ष करिब एक लाख २० हजार रुख काटिने गरेको पाइएको छ । हरेक वर्ष सरदर ४५ वटा आयोजनाका लागि ६०५ हेक्टर क्षेत्रफलमा उक्त सङ्ख्याको रुख काटिने गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्विप मानिँदैन: माओवादी सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्विप नमान्ने बताउनुभएको छ ।
योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिकः उपसभामुख
उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताउनुभएको छ ।
दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।