इरान-अमेरिका वार्तामा सम्झौताप्रति आशा
इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउने विषयमा पाकिस्तानमार्फत कूटनीतिक प्रयास तीव्र भइरहेका बेला संयुक्त राज्य अमेरिकाले सम्झौतामा पुग्ने सम्भावनाप्रति आशावादी रहेको जनाएको छ ।
सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावक सम्मानित
"सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन" भन्ने मूल सन्देशका साथ मधेस प्रदेशका जिल्लाहरूमा 'भूतपूर्व सैनिक सम्मेलन–२०८२' सम्पन्न भएको छ ।
लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
अध्यागमनको छापमा 'शर्त' लेख्ने कर्मचारीमाथि छानबिन सुरु
अध्यागमन विभागले कुनै पनि नेपाली नागरिकलाई कानुनविपरीत शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति नरहेको स्पष्ट पारेको छ।
दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
स्थानीय कृषकलाई जैविक एवं प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
तीन जिल्ला र दुई प्रदेशका नागरिकको साझा स्वास्थ्य चौकी
धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ भने मधेश र बागमती प्रदेशको सीमासमेत जोड्दछ ।
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ ।
नवजात शिशुको शव फेला
झापाको शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी –३, भोटे पुलमुनि नवजात शिशुको ( छोरा) शव फेला परेको हो ।
बाँकेमा बाढीबाट ६५ हजारभन्दा बढी प्रभावित हुने अनुमान
बाँके जिल्लामा विगतका विपद् घटनाहरूको विश्लेषण गर्दै सम्भावित जोखिमको आंकलनसहित जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ।
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ ।
खजुरा गोल्डकपका लागि थापाद्वारा सात लाख सहयोग
बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँस्थित मिनी रङ्गशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताका लागि एक व्यक्तिले सात लाख नगद सहयोग गरेका छन्।
लोडसेडिङका कारण मैनबत्ती बालेर काम गर्न बाध्यता
देश लोडसेडिङमुक्त घोषणा गरिएको भए पनि हिमाली जिल्ला हुम्लामा भने कर्मचारी मैनबत्ती बालेर रातिको समयमा समेत कार्यालयको काम गर्न बाध्य भएका छन्।
स्याउका बोट सेताम्मे
स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताउनुभयो । स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उहाँको भनाइ छ ।
इरानको विश्वकप यात्रा सुनिश्चित
मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावबिच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पार्नुभएको छ ।
स्कुलमै रक्तपात, नौ को मृत्युले टर्की स्तब्ध
कडा बन्दुक नियन्त्रणका लागि परिचित टर्की एकै साता दुई वटा विद्यालय गोलीकाण्डले स्तब्ध बनेको छ । पछिल्लो घटनामा दक्षिणी कहरामानमारस प्रान्तस्थित एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
दुर्लभ रेडपान्डा संरक्षणमा सक्रियता
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपान्डाको संरक्षणका लागि इलामसहित पहाडी जिल्लामा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ। रेडपान्डा नेटवर्क नेपालले इलाम, पाँचथर र ताप्लेजुङका उच्च लेकाली तथा हिमाली क्षेत्रमा विभिन्न संरक्षण गतिविधि सञ्चालन गर्दै आएको हो।
प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता
विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५० कायम भएको छ ।
इनरुवामा तीन दिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता तयारी पूरा
सुनसरीको इनरुवामा तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पूरा भएको छ। डा. बसन्त स्मृति योग समिति, इनरुवा–२, सुनसरीको आयोजनामा वैशाख ५ देखि ७ गतेसम्म तीनदिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सञ्चालन हुने भएको हो।
अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।
सहिद भीमनारायण गोल्डकप जेठ ३ देखि हुने
धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण आगामी जेठ ३ गतेदेखि सञ्चालन हुने भएको छ। सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
पशुपतिमा स्क्रिनिङ सेन्टर स्थापना हुँदै
काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार र व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रलगायत विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहनुभएको छ।
बजेट अभावमा २३ खानेपानी योजना अधुरै
बजेटको अभाव र सरकारी परिपत्रले गर्दा तनहुँ र नवलपुरका २३ वटा खानेपानी योजनाहरू अधुरै रहेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले हेर्दै आएका यी दुवै जिल्लाका महत्वपूर्ण योजनाहरू बजेट निकास हुन नसक्दा बीचैमा रोकिएका हुन् ।
प्रयोगविहीन हुँदै २९ करोडको होल्डिङ सेन्टर जीर्ण
कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।