रामकोट गाउँ
तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ ।
अमेरिका-इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
अमेरिका र इरानबिच जारी कूटनीतिक संवादले केही प्रगति गरेको सङ्केत देखिएपछि पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला यस्तो पहललाई सम्भावित समाधानतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
नयाँ सडकमा सांस्कृतिक महोत्सवको रौनक
नयाँ वर्षको अवसरमा काठमाडौँको नयाँ सडक क्षेत्रमा आयोजित ‘नयाँ सडक सांस्कृतिक महोत्सव’ आयोजना भएको छ ।
भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ ।
लोक संस्कृतिको जगेर्ना गर्न उत्सव आयोजना
धनुषाको औरही गाउँपालिका–२, परवाहामा स्थानीय लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘परवाहा लोक संस्कृति उत्सव’ को आयोजना गरिएको छ ।
पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एकको मृत्यु, पाँच जना घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समुहले पोलियो अभियानमा खटियका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतले बताएका छन् ।
सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।
लिफ्ट खानेपानी आयोजनालाई ५८ लाख विद्युत् महसुल अनुदान
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तनहुँले जिल्लाका विभिन्न लिफ्ट खानेपानी आयोजनालाई ५८ लाख रुपियाँ विद्युत् महसुल अनुदान प्रदान गरेको छ ।
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई पक्राउ
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मनाङमा ट्रक दुर्घटना: चालकको मृत्यु
मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० स्थित आफ्नै वडाबाट सदस्यता अद्यावधिक गरी उहाँले यस अभियानको सुरुवात गर्नुभएको हो ।
नयाँ वर्षमा स्वयम्भूमा पर्यटकको चहलपहल (फोटो फिचर)
काठमाडौँको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ क्षेत्रमा पछिल्लो समय भक्तजन र पर्यटकको घुइँचो बढ्न थालेको छ ।
सामुदायिकतर्फ चाख्लिघाट उत्कृष्ट : घोराहीका १३ विद्यालयको नतिजा शतप्रतिशत
घोराही उपमहानगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ आधारभूत विद्यालय चाख्लिघाट प्रथम भएको छ ।
भारतीय सहयोगमा विद्यालय भवन निर्माण हुने
बाँकेको खजुरा गाउँपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भारतीय राजदूतावासको सहयोगमा १६ कोठे सुविधासम्पन्न भवन निर्माण गरिने भएको छ ।
पोखरामा लागुऔषधसहित तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइन (ब्राउनसुगर) सहित तीन जनालाई पक्राउ गरेको छ ।
नयाँ वर्षको पहिलो दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो
नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख सङ्क्रान्तिका अवसरमा कालीगण्डकीमा भक्तजनको घुइँचो लागेको छ ।
अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह
संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गर्नु भएको छ ।
फेवातालमा पर्यटक
पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा नयाँ वर्षको पहिलो दिन मङ्गलबार डुङ्गा शयर गर्दै पर्यटक ।
लुम्बिनी चिनी उद्योगलाई पुन सञ्चालनमा ल्याउन माग
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगलाई पुन : सरकारीकरण गरी सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले जोडदार माग गरेका छन् ।
गुल्मीमा आर्थिक गणनाका लागि तयारी पूरा
गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ को तयारी पूरा भएको छ।
नयाँ वर्षमा कालिका मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)
नयाँ वर्ष २०८३ सालको पहिलो दिन देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी
नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न प्रेरणाको कामना गर्नुभएको छ ।
नौ महिनापछि ताँजाकोट गाउँपालिकामा अनुदानको नुन पुग्यो
बाजुरा जिल्लासँग सिमाना जोडिएको हुम्लाको दक्षिणी क्षेत्रस्थित ताँजाकोट गाउँपालिकामा चालु आर्थिक वर्ष सुरु भएको नौ महिनापछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ढुवानी अनुदानको नुन पुगेको छ।
देवघाटमा नयाँ वर्षको स्नानमा भक्तजनको घुइँचो (फोटो फिचर)
नयाँ वर्षको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नान तथा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ। मङ्गलबार बिहान सबेरैदेखि नवलपुर, तनहुँ र चितवनको संगमस्थल देवघाटमा विभिन्न जिल्लाबाट आएका भक्तजनको भीड लागेको हो।