• १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षको पहिलो दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

blog

गण्डकी र लुम्बिनी प्रदेशको सिमाना राम्दी स्थित कालीगण्डकी नदिमा स्नान तथा पूजा गर्दै भक्तजन । तस्बिर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ(स्याङ्जा), वैशाख १ गते ।नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख सङ्क्रान्तिका अवसरमा कालीगण्डकीमा भक्तजनको घुइँचो लागेको छ ।

 कालीगण्डकीको तटमा स्नान गर्ने तथा पूजा गर्नेको घुइँचो लागेको हो ।कालीगण्डकी नदिकोरुरुक्षेत्र, राम्दी, सेदीबेणी शिला, हुँगीघाट लगायतका स्थानमा बिहानैबाट भक्तजनको बाक्लो उपस्थिति रहको हो ।

नयाँ वर्ष २०८३ को पहिलो दिन सार्वजनिक बिदा समेत रहेकाले तीर्थालुको कालीगण्डकी तथा विभिन्न मन्दिरमा घुइँचो रहेको हो।

कालीगण्डकी नदिमा स्नान र पूजागर्नका लागि देशका बिभिन्न स्थानबाट आउने गर्दछन् ।