• १ वैशाख २०८३, मङ्गलबार

मलामी सवार ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख १ गते । मलामी सवार ट्याक्टर दुर्घटनामा परेर घाइते भएका ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउसो दुर्गापुरबाट माई खोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर घाइते हुनुभएका ट्याक्टरका सहचालक कनकाई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टरबाट सडकमा खसेर घाइते बन्नु भएका दनुवारलाई तत्कालै उद्धार गरेर स्थानीय कन्काई अस्पताल लगिएको थियो । 

यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।