प्रधानमन्त्रीले विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पक्की घर पाएपछि मुक्त कमैया दङ्ग
मुक्त कमैया जगतराम चौधरीको जीवनको आधा समय अरूको घरमा कमैया बस्दै बित्यो । सानैदेखि बच्चा स्याहार्ने कामबाट कमैया जीवन सुरु गर्नुभएका उहाँले ४० वर्षसम्म अरूको घरमा काम गर्नुभएको थियो । चौधरी भन्नुहुन्छ, “आधा जीवन बर्दगोरियाका विभिन्न मालिकको घरमै बिताएँ । कमैया मुक्तिको बेला पनि कमैया नै थिएँ । कमैयाबाट मुक्त त भएँ तर, पहिलो चरणमा परिचयपत्र पाउनबाट वञ्चित भएँ ।”
घरमै पुग्न थाल्यो राहदानी
स्थानीयले घरमै राहदानी पाउन थालेका छन् । दुर्गम क्षेत्रका बासिन्दाले घरमै राहदानी पाउन थालेपछि पैसा र समयको बचत भएको छ । डडेलधुराको ग्रामीण क्षेत्र महाकाली नदी किनारको बस्ती परशुराम नगरपालिका–६, करालीकी निर्मला बोहोराले एक दिनको यात्रा गरेर जिल्ला सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रशासन कार्यालय पुगेर अनलाइन प्रक्रियामार्फत राहदानीका लागि दर्ता गराउनुभएको थियो ।
दरबन्दी मिलानमार्फत सामुदायिक विद्यालयको नतिजा सुधार्ने लक्ष्य
व्यास नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गरी विद्यार्थीको सिकाई उपलब्धि (नतिजा) सुधार्ने उद्देश्यले शिक्षक दरबन्दी मिलानको प्रक्रियालाई तीव्रता दिएको छ ।
बागमतीमा अनियन्त्रित दोहन, सरकारी टोली अनुगमनमा
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ ।
बागलुङका दुई स्थानीय तहमा विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन
संघ सरकारको निर्णय विपरीत बागलुङका दुई स्थानीय तहले विद्यार्थी भर्ना तथा पठन–पाठन अभियान थालेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
एक जना अनमीको भरमा प्रसूति सेवा
यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ।
पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् ।
काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ ।
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो ।
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ ।
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
आइतबार साँझ परेको अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङका कारण गोरखामा एक युवकको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–५, तोर्ने पोखरी डाँडाका २६ वर्षीय विनोद थापा घरभित्र मोबाइल चलाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि घोराहीलाई
दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ ।
अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ !
स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुुुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुुफा ओझलमा परेको छ ।
नौमुलेमा कर्णाली लोकनृत्य तथा सांस्कृतिक सम्मिलन सम्पन्न
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दैलेखको नौमुलेमा कर्णाली लोकनृत्य तथा सांस्कृतिक सम्मिलन सम्पन्न भएको छ । कार्यक्रम शुक्रबारदेखि सुरु भई विधिवत रूपमा सम्पन्न भएको हो ।
अक्षय त्रितीया पर्व मनाइँदै
चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ ।
पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै
पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
होल्डिङ सेन्टरको प्रयोग
प्राकृतिक विपत्ति, महामारीजन्य रोगव्याधि बेलाबखत आउने गर्छन् । यस्ता विपत्ति र रोगव्याधिबाट पीडित हुनेलाई तत्कालै स्रोतसाधन जुटाएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यतिबेला उद्धारका लागि भनेर करोडौँ रुपियाँ खर्च गरेर भौतिक संरचना बनाइन्छन् । त्यसमा पीडितलाई राखिन्छ । महामारी नियन्त्रणमा आएपछि र विपत्तिको व्यवस्थापन गरेपछि भने ती संरचनाको प्रयोग घट्दै जान्छ । प्रयोगविहीन अवस्थामा पनि पुग्छन्
हिल्सामा सशस्त्र प्रहरीको जनशक्ति थप
सदरमुकाम सिमकोटबाट सशस्त्र प्रहरी बलको टोली नारा लेकमा जमेको हिउ छिचोल्दै हिल्सा पुगेको छ । नेपाल–चीन सीमास्थित हिल्सामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) का लागि थप जनशक्ति पठाउने क्रममा उक्त टोली हिउ छिचोल्दै गन्तव्यमा पुगेको हो ।
मानव बेचबिखन आरोपमा चार पक्राउ, दुई बालिका उद्धार
पोखरामा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा चार जना पक्राउ परेका छन् भने दुई बालिकाको उद्धार गरिएको छ ।
लोकतन्त्रमाथिको वैश्विक चिन्ता
अन्तर्राष्ट्रिय संस्था ‘भी–डेम’ को सन् २०२६ को प्रतिवेदन अनुसार संसारभर अहिले लोकतन्त्रमाथि धेरै चुनौती देखिएका छन् । लोकतन्त्रको अहिलेको अवस्थालाई सन् १९८७ को जस्तो भनेर त्यो प्रतिवेदनले औँल्याएको छ । एउटा लोकतन्त्रवादीका लागि थप चिन्ताको विषय सन् १९८७ मा लोकतन्त्र कमजोर भए पनि त्यसप्रतिको आकर्षण बढ्दो थियो । लोकतन्त्रीकरणको अभियान प्रारम्भ हुँदै थियो । अहिले त लोकतन्त्रप्रति
गुल्मी महोत्सवको ४० प्रतिशत नाफा रेसुङ्गा विकासमा लगानी
गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ सम्म सञ्चालन हुने पाँचौँ गुल्मी महोत्सवबाट प्राप्त हुने खुद नाफाको ४० प्रतिशत रेसुङ्गा क्षेत्रको विकासका लागि खर्च गर्ने जनाएको छ ।