वीरेन्द्रनगर बजारको आकर्षण
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट देखिएको मङ्गलगढी–लाटीकोइली सडक आसपासको क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार ।
चल्ला बिक्री नभएपछि ह्याचरी उद्योग बन्द
मागभन्दा उत्पादन वृद्धि भएको भन्दै नेपाल ह्याचरी उद्योग सङ्घले आजबाट एक साताको लागि कुखुराको चल्ला उत्पादन बन्द गरेको छ ।
डानस आँधीका कारण ताइवानमा दुई जनाको मृत्यु, सयौँ घाइते
सोमबार ताइवानको पश्चिमी तटमा आँधी आउँदा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको र करिब चार लाख घरपरिवार बिजुली विहीन भएको अधिकारीहरूले बताएका छन् ।
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’
ललितपुरको गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।
मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा
मनसुनजन्य विपत्तिमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ ।
स्पेन भ्रमण सफल र महत्वपूर्ण : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउनुभएको हो ।
पूर्वी चीनमा आँधीको चेतावनी जारी
पुर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुन सक्ने चेतावनी जारी गरिएकोे छ । चीनमा यो वर्षको चौथो आँधी हो ।
प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुई देशबिचको मित्रवत सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासको क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।
नेपाल प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनीत
नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।
दीर्घकालीन महत्वका सडक सम्पन्न गर्न माग
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मनसुनजन्य विपत्बाट यस प्रदेशमा जीउधनको रक्षाका लागि सचेत र तयारी अवस्थामा रहन तीन तहको सरकारलाई आग्रह गरेको छ ।
मखानालाई ब्राण्डिङ गर्न कृषकलाई बजारीकरण सामग्री वितरण
जिल्लाको मटिहानी नगरपालिकाले पोषकतत्वले भरिपूर्ण मखान (मखाना) को ब्राण्डिङ गर्न कृषकलाई बजारीकरणको सामग्री वितरण गरेको छ ।
भाले गैँडा मृत फेला
नवलपुरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ ज्यामिरे खोलाको किनारमा अन्दाजी १५ वर्षको भाले गैँडा मृत खवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्य सूची पनि रहेको छ ।
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन
सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
स्वदेश फर्कियो महिला फुटबल टोली
विमानस्थलमा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि चाहेको नतिजा निकाल्न नसकेको बताउनुभयो ।
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
आकस्मिक बाहेकका सेवा ठप्प
नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक सङ्घले आज (सोमबार) देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको हो ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट हिंसा पीडितलाई प्रभावकारी सेवा
चालु आर्थिक वर्ष ०८१-०८२ मा विभिन्न प्रकारका हिंसा प्रभावित १४० जनाले ओसीएमसीबाट सेवा पाएको केन्द्रले जनाएको छ ।
ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ ।
मार्तडी–कोल्टी सडक अवरुद्ध
बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । वर्खा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको हो ।
पकेट क्षेत्रमा रोपियो टिमुर
दाङको टिमुर पकेट क्षेत्रका रूपमा रहेको पहाडी क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण तथा संरक्षण गर्दैआएको छ ।
दक्ष खेलाडी उत्पादनमा ध्यान जानुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमवार राष्ट्रपति भवन शितल निवासमा एसिसी पुरुष यु—१६ इस्टजोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
घाटसम्म शव वाहन निःशुल्क
वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका नागरिकको लागि शव वाहन सेवा निःशुल्क गरेको छ । नगपालिकाले नगरबासीका लागि शव घरदेखि घाटसम्म पु¥याउन शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो ।
जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभएको छ ।