उद्धार गर्न सरकार युद्धस्तरमा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताउनुभएको छ ।
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताउनुभएको छ ।
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
त्रिशूली र नारायणी किनारका बासिन्दालाई सचेत रहन आग्रह
जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी
यहाँको वालिङ नगरपालिका–१३, कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।
बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह
उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
रसुवा बाढी : बेपत्ता सबैकाे पहिचान खुल्यो (सूचीसहित)
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ।
वीरगन्जमा खानेपानीको हाहाकार
वीरगन्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगन्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ ।
चिकित्सक सङ्घद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो । सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा ‘क्लिनिक’ले पनि ऐक्यबद्धता जनाएका छन् ।
केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो
वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपत्तिबाट क्षति पुगेपछि गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।
प्रमुख दुई दलका शीर्ष नेताको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबिच मङ्गलबार छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्छ ।
आयुर्वेदिक औषधी उत्पादन निर्यात गर्न जिएमपी प्रमाणपत्र दिने निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गर्नुभएको छ ।
बाढीमा फसेकालाई नेपाली सेनाबाट उद्धार
रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ ।
सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
ठाउँ ठाउँमा बाटो भत्कियो, उद्धार तथा राहत ठप्प
चीनको तिब्बतबाट बग्ने लेन्दी खोलामा मङ्गलबार बिहान आएको भीषण बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको ठाउँ ठाउँमा बाटो संरचना भत्किएको छ । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले कम्तीमा १० स्थानमा सडक भत्काउँदा उद्धार तथा राहत कार्य ठप्प बनेको छ ।
मुगुमा ७० प्रतिशत धान रोपाइँ
हिमाली जिल्ला मुगुमा यस वर्ष ७० प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा कुल सोह्र हजार सात सय ६३ हेक्टर खेतीयोग्य जग्गा छन् ।
गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिनभित्र पेस गर्न निर्देशन
सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले पोषण झोला खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिनभित्र समितिमा पेस गर्न प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ ।
त्रिशूली नदीमा दुई जनाको शव फेला
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिनुभएको छ ।
रसुवा बाढीको प्रभावः बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइयो
धुलिखेलमा बसेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्णरूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँग गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो ।
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित
विश्व भलिबल दिवसको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी छवि खरेल सम्मानित हुनुभएको छ ।
नगरप्रमुख पौडेलको चौतर्फी विरोध, अनियमितता गरेको आरोप
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् ।
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
ल्हेन्दे खोलाको बाढी : उद्धार र राहतमा लाग्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको जनाएको छ ।