दूषित पानी पिउन बाध्य
चुरेपाखामा पर्ने सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय खोल्सा र कुवाको दूषित पानी पिउन बाध्य छन् । दापडाँडास्थित घट्टे टोल, स्याङ्तान टोल र गुन्जमान टोलमा करिब १२० घरधुरीको बसोबास रहेको छ । बस्तीमा खानेपानीको सुविधा नरहेकाले गाउँले खोल्सा र कुवामा रसाउने पानी पिउन बाध्य छन् ।
ईप्रका सल्लीबजारमा मुद्दा शाखा नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता
पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–स्थित ईलाका प्रहरी कार्यालय सल्लीबजारमा मुद्दा शाखा नहुँदा स्थानीयवासीले सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ। सोही कारण स्थानीयले ईप्रका सल्लीबजारमा मुद्दा शाखा स्थापना गर्न माग गरेका छन्।
सम्झौताको चार वर्षपछि बन्दै अस्पताल
चार वर्षअगाडि सम्झौता भएको सर्केगाड गाउँपालिकामा शिलान्यास भएर निर्माण सुरु भएको १५ शय्याको अस्पतालको कामले यतिबेला तीव्रता पाएको छ । पटक पटकको म्याद थप र गाउँपालिकाले सम्झौता रद्द गर्नेसम्मको ताकिता दिएपछि निर्माण कम्पनीले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको हो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले अस्पताल भवन निर्माणले गति लिएकाले यही आवमा सम्पन्न हुने आशा गरिएको बताउनुभयो ।
रङ्गशालाको काम टुङ्ग्याउन निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याएर १० औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुङ्ग्याउन बजेटसमेत विनियोजन भइसकेकाले बाँकी काममा ढिला नगर्न निर्देशन दिनुभएको हो । रङ्गशाला निर्माणको बाँकी कामसम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नु पर्छ ।”
पानी परे खेती, नपरे बाँझो
बाजुराको बुढीगङ्गा–१० का बदेडावासीले आकासे पानीको भरमा गहुँ, जौलगायत बालीको खेती गर्दै आएका छन् । खेतीका लागि प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।
व्यास नगरपालिकामा आज सार्वजानिक बिदा
व्यास नगरपालिकाले सोमबार आफ्नो ३४ औँ वार्षिक स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउँदै छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सभाको नयाँ लोगो निर्धारण
सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाको नयाँ प्रतीकचिन्ह (लोगो) निर्धारण गरिएको छ । यसअघि भएको लोगोमा रहेको दुई वटा हिमाल हटाएर नयाँ लोगो निर्धारण गरिएको हो । लोगोमा अङ्कित प्रत्येक अङ्कले निश्चित अर्थ बोकेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । लोगो गोलाकार आकृतिमा आधारित रहेको छ । यसमा फिक्का खैरो रङको पृष्ठभूमिमा लोगोको दायाँ र बायाँ भागमा अर्धवृत्ताकार दुई वटा धानका बाला रहेका छन् । लोगोको केन्द्र भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिमको भागलाई पहिलो गाढा रङले सङ्केत गरिएको छ । लोगोको अग्र भागमा राष्ट्रिय झन्डा रहेको छ भने लोगोको तल्लो भागमा देवनागरी लिपीमा सुदूरपश्चिम प्रदेश सभा लेखिएको छ ।
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’
त्यस अवसरमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै
कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
चितवनका मौरीपालक महोत्तरीका जङ्गलमा
मौरी चरिचरनको मुख्य सिजनमा मौसम खासै अनुकूल नभए पनि यस वर्ष महोत्तरीमा मह उत्पादन उल्लेख्य रूपमा बढेको छ। वसन्त ऋतुमा पर्याप्त फूल फुल्नुका साथै वन डढेलोका घटनामा कमी आउँदा उत्पादन बढेको मौरीपालक कृषकहरूले बताएका छन्।
मोडिफाइड ६८५ सवारी साधनमाथि ट्राफिक प्रहरीको कारबाही
बाँके जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि नियन्त्रणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जातीय छुवाछुत मुद्दामा औरहीकी एक महिला पक्राउ
अन्तरजातीय विवाह गरेको कारण जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको कसुरमा महोत्तरीको एक महिलालाई पक्राउ गरिएको छ।
अभिभावकत्वविहीन बालबालिकाको समस्या बल्झिँदै
रेसुङ्गा नगरपालिकाको अगुवाइमा अभिभावकत्व नपाएका चार जना बालबालिकाको उद्धार गरिएको छ। लामो समयदेखि सडकमा माग्दै हिँडिरहेका ती बालबालिकालाई राष्ट्रिय बाल कल्याण परिषद्, पुल्चोक ललितपुरमार्फत बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, जीतगढी बुटवल पठाइएको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले जानकारी दिनुभयो।
अस्पतालले बदल्यो दुखीको जीवन
लहान नगरपालिका–१८ बैरबोनाका दुखी मण्डल जन्मदेखि नै खुट्टा मोडिएको अपाङ्गता समस्याबाट ग्रसित हुनुहुन्थ्यो। सहज रूपमा हिँडेर सामान्य जीवन बिताउने कल्पना पनि उहाँले गर्नुभएको थिएन।
वार्षिक नीतिको गृहकार्य
सरकारले वार्षिक नीति र कार्यक्रमको गृहकार्य सुरु गरेको छ । यो सरकार विगतको भन्दा फरक छ । आमनागरिकको सरकारसँग ठुलो अपेक्षा छ । अब वार्षिक नीति तथा कार्यक्रम र बजेट कस्तो बन्दै छ भन्ने चासो सर्वत्र छ । नवयुवा (जेनजी) पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगैको अपार जनमतबाट यो सरकार बनेको हो । युवा प्रधानमन्त्री वालेन्द्र शाहबाट आमक्षेत्रले ठुलो भरोसा, आशा र विश्वास गरेको छ । मुलुकमा विग
उच्च कार्यसम्पादन अबको ध्येय
नेपाली जनताले धेरै पटक निराश र उदासीन हुने अभ्यास गरिसकेका छन् । जनता मानसिक नैराश्यमा रहँदा उनीहरूको असीमित ऊर्जा खेर जान्छ, राष्ट्रको उत्पादकत्व घट्छ र निर्बलता बढ्छ । अब नेपाली जनता पुनः निराशा र उदासीनताको सिकार हुन चाहँदैनन् । जनताको प्रगतिका लागि काम र जिम्मा दिनूस् गरेर देखाउँछौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई ६७ वर्षपछिकै सबैभन्दा बढी मत दिएर जिम्मा लगाएका छन् । यस मतपरिणामलाई उक्त पार्टीले जिम्मेवारीको भारी
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।
शैक्षिक सुधारमा आशाका सङ्केत
विक्रम संवत् २०८१ चैत २५ देखि आमशैक्षिक हडताल घोषणा गरी देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ भेला भएर शैक्षिक सडक आन्दोलन गरे । कतिसम्म भने उनीहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने धम्की दिएपछि सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी तीन दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश
सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो
चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ ।
शारदामा खानेपानी संकट, १५० घरधुरी प्रभावित
सल्यानको शारदा नगरपालिका–६ अन्तर्गत सापमारा, ठुलागैरा, टाकुरा र गोगनपानी क्षेत्रमा खानेपानी अभाव हुँदा करिब १५० घरधुरी प्रभावित भएका छन्। मुलाखोला लिफ्ट खानेपानी आयोजनाको मोटर बिग्रिएपछि स्थानीयवासी गम्भीर समस्यामा परेका हुन्।