इयुले बेइजिङ शिखर सम्मेलनमा चीनसँग व्यापार ‘पुनः सन्तुलन’ खोज्ने
युरोपेली सङ्घ (इयु) यस महिनाको शिखर सम्मेलनमा युरोपेली कम्पनीहरूका लागि बजार पहुँच सजिलो बनाउन र दुर्लभ खनिज तत्वहरूमा निर्यात नियन्त्रणहरू कम गर्न माग गर्दै चीनसँगको आर्थिक सम्बन्धलाई पुनः सन्तुलन गर्न खोजेको इयुका उर्सुला भोन डेर लेयनले मङ्गलबार बताउनुभएको छ ।
केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, पाँच सयभन्दा बढी पक्राउ
केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
गण्डकीमा सरकारी कामकाजका दुई भाषा थपिए
गण्डकी प्रदेशको जनसङ्ख्यामध्ये १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ छन् । ६० सदस्यीय प्रदेशसभामा अहिले गुरुङ समुदायबाट नौ र मगर समुदायका आठ प्रदेशसभा सदस्य छन् । प्रदेश सरकारले गुरुङ र मगर भाषालाई समेत सरकारी कामकाजको भाषा बनाएको छ ।
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी
टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् ।
किराना पसलको नाममा डेढ अर्बको क्रिप्टोकरेन्सी कारोबार : सानेपाबाट दुई भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले किराना पसलको नाममा डेढ अर्ब बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
यु–१६ युथ लिग : मच्छिन्द्र र जावलाखेल विजयी
मच्छिन्द्र र जावलाखेल क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकालेका छन् ।
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ जानुभएको छ ।
ल्हेन्दे खोलाको बाढीमा फसेका ५७ जनाको उद्धार
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ। ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
विपत् प्रतिकार्यमा जुट्न प्रदेश प्रमुखको आह्वान
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्नुभएको छ । छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको ठुलो पानीपछि भोटेकोसी नदीमा आएको बाढीले बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछि प्रदेश प्रमुख देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गर्नुभएको हो ।
परराष्ट्रमन्त्री र जर्मनीका विदेशमन्त्री भेटवार्ता : सिधा हवाई उडानका लागि आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबिच मङ्गलबार द्विपक्षीय भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।
घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
विपद् प्रभावितको उद्धार गर्न सांसदको माग
सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभएको छ।
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा अगस्ट १४ देखि २४ तारिखसम्म टप इन्ड टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।
मन्त्रीसँग आन्दोलनरत चिकित्सकको छलफल
आन्दोलनरत चिकित्सक र तीन जना मन्त्रीबिच छलफल जारी छ। नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलनरत चिकित्सकसँग तीन जना सम्बन्धित मन्त्रीले छलफल गर्नुभएको हो।
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
जल तथा मौसमविज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ।
बाँकेमा पूर्व सूचना दिन १० ठाउँमा साइरन
बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपद् पूर्व सूचना प्रणाली अन्तर्गत बाढीको पूर्व सूचना दिने साइरन जडान गरिएको छ।
नवलपुरमा दुई सवारी साधन ठक्कर खाँदा १० जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका–१ गुम्बामा स्कर्पियो र बोलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नगरिक ४० वर्षीय वाङ जियाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार
गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।
बागलुङ नगर सहलगानी खानेपानी आयोजना निर्माण अन्तिम चरणमा
बागलुङ नगरपालिका-३, काठेखोला किनारमा निर्माणाधीन लिफ्टिङ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी आयोजनाको अन्तिम चरणमा पुगेको छ ।
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
शैल्यशिखर पूजन जात्रा सुरु
शैल्यशिखर पूजन जात्रा सुरु भएको छ । जात्राको दर्शन र पूजाआजा गर्न बाहिरी जिल्लाका भक्तजनहरू यहाँ आउने क्रम बढेको मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीले जानकारी दिनुभयो ।
देवरद्वारा भाउजूको हत्या
मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो झगडाले एक जनाको ज्यान लिएको छ ।
उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालय सम्मानित
प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१-८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।