आर्क पुलको काम अन्तिम चरणमा
पृथ्वीराजमार्ग विस्तार आयोजना अन्तर्गत व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीको चार लेनको ‘आर्क डिजाइन’ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए
वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाएका छन्।
दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले आज यहाँ सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका-९, राजाबासस्थित मदन भण्डारी लोकमार्गमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
‘दिवा सेवा कार्यक्रम’ चलाउन साढे २६ लाख सङ्कलन
ज्येष्ठ नागरिक र असक्तहरूका लागि सदरमुकाम बागलुङ बजारमा ‘दिवा सेवा कार्यक्रम’ सञ्चालन गर्ने उद्देश्यले आयोजित श्रीमद भागवत महापुराण पितृ सप्ताहबाट साढे २६ लाख रुपियाँ संकलन भएको छ ।
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने
नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ ।
चन्द्रकोटका उत्कृष्ट बिद्यार्थी सम्मानित
गुल्मीको चन्द्रकोट गाउँपालिकाले उत्कृष्ट बिद्यार्थी, शिक्षक र बिद्यालयलाई सम्मान गरेको छ । शैक्षिकसत्र २०८१ को गाउँपालिका स्तरीय आधाभूत तह परीक्षा (कक्षा ५–८) तथा माद्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट विद्यार्थी नगदसहित सम्मान गरेको हो ।
गौर भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय सुधार
गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा राजस्व सङ्कलनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार उच्च उपलब्धि प्राप्त भएको कार्यालय प्रमुख विकासकुमार रजकले जानकारी दिनुभयो।
तनहुँका २२ वटै परीक्षा केन्द्रमा एसइईको उत्तरपुस्तिका परीक्षण सम्पन्न
तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम्पन्न गर्ने सरकारी लक्ष्यअनुरूप जिल्लाका २२ वटै परीक्षा केन्द्रमा सुरु गरिएको उत्तरपुस्तिका परीक्षण कार्य तोकिएको समयमै पूरा भएको हो ।
धनकुटाका आठपहरियाद्वारा बिसु चाड मनाइँदै
धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व बिसु अर्थात् वैशाखे चाड मनाइरहेका छन्। नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुख, शान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ।
सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ ।
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड
हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आउनुभएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित हुनुभएको छ । मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने सङ्केत देखिएको छ ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबिचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।
पर्सामा प्रहरी जवानको हत्या, चार जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको पर्सामा हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले चार जनालाई पक्राउ गरेको छ।
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाखभन्दा बढी बिरामीको उपचार
नेपाल नेत्रज्योति संघ बाँके अन्तर्गत नेपालगन्जमा सञ्चालनमा रहेको फत्तेबाल आँखा अस्पतालले हालसम्म २९ लाखभन्दा बढी आँखा बिरामीको उपचार गरेको छ।
निर्माण व्यवसायीद्वारा काम बन्द, आयोजना ठप्प
निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विकास निर्माणका कामहरू ठप्प पारेका छन् ।
हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते
हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर क्याम्पाडाँडा सडकखण्डमा भएको सवारी दुर्घटनामा ४५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने
बिरुवा गाउँपालिकामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं– १ बिरुवा बजार खेलमैदानमा आगामी वैशाख ११ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने विषयको उत्तरपुस्तिकाको परीक्षण जिल्लामै गरेको छ ।
‘दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गरिने’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेको रुकुमपूर्व अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताउनुभएको हो ।
आश्रम व्यवस्थापन गर्न कुरिलो खेती
भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ ।
जन्मकैद सजाय पाएका हत्या दोषी अझै फरार
जेनजी आन्दोलनका क्रममा जलेश्वर कारागारबाट भागेका हत्या मुद्दाका एक दोषी हालसम्म पक्राउ पर्न सकेका छैनन्। दोषी खुलेआम फरार रहँदा पीडित परिवारमा त्रास र अन्यायको अनुभूति बढेको छ।
‘महिला सशक्तीकरण र समावेशितामा जोड’
नेपाली कांग्रेसको राजनीतिमा दशकौँसम्म सक्रिय भएर काम गरेकी मोरङ विराटनगरकी नेतृ रुक्मिणीदेवी कोइराला यस पटक समानुपातिक सांसदमा निर्वाचित हुनुभएको छ । उहाँ नेपाली कांग्रेस पार्टीका तर्फबाट यसअघिका दुई निर्वाचनमा पनि समानुपातिक उमेदवारको बन्दसूचीमा पर्नुभएको थियो । यस पटक भने पार्टीले उहाँलाई खसआर्य समुदायको महिलातर्फबाट सांसद चयन गरेको छ ।
भेरी रकर्सलाई नाइट क्रिकेट उपाधि
बाँकेको खजुरा गाउँपालिका–४ ई गाउँमा आइतबार राति सम्पन्न प्रथम अर्जुन रोका क्षेत्री स्मृति रात्रिकालीन क्रिकेट प्रतियोगिताको उपाधि भेरी रकर्स नेपालगन्जले जितेको छ।