सर्वोच्चको फैसला कर फर्स्योट विवाद मुद्दा विशेषमै फिर्ता
कर फर्स्योट आयोगका पदाधिकारीविरुद्ध मुद्दा सर्वोच्च अदालतले पुनः विशेष अदालतमै पठाएको छ । पुनरावेदन परेको डेढ वर्षपछि सर्वोच्चले मुद्दाको अन्तिम सुनुवाइ गर्दै सुरु अदालतमा नै पठाउने फैसला गरेको हो । यसअघि हद म्यादका कारण देखाएर विशेष अदालतले खारेज गरेका दर्जनभन्दा बढी भ्रष्टाचार मुद्दा पनि सर्वोच्चले विशेष अदालतमै फिर्ता पठाएको थियो । सर्वोच्चले विशेष अदालतको सुरु आदेश बदर गरेर मुद्दा पुनः सुनुवाइका लागि पठाएको हा । अब विशेषमा मुद्दाको पुनः सुनुवाइ हुने छ ।
वर्षा भएकै थिएन, आयो बाढी
मङ्गलबार बिहानै भोटेकोशीमा भीषण बाढी आयो तर सोमबार रातिदेखि कोरला नाकादेखि माथि तिब्बती क्षेत्र र नेपाली भूभागमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भएको थिएन । भोटेकोशी हुँदै नेपाल पसेको भीषण बाढीको वास्तविकता पत्ता लगाउन नेपाल–चीन सरकारस्तरीय र मौसम तथा विपत्जन्य संस्थाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढीले नेपालमा ठुलो जनधनको क्षति गरेपछि विभागले घटनाको अध्ययन सुरु गरेको हो ।
पहिरोमा परेर श्रीमानको मृत्यु, श्रीमती घाइते
पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिरनजिक खसेको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।
पाँच वर्षदेखि बाजुराको सडक अलपत्र, ठेकेदार फरार
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक कालोपत्रेको काम अलपत्र परेको छ । २०७९ साल चैत मसान्त काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवी एस, एस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक कालोपत्रे गर्ने गरी जिम्मा लिएको हो ।
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो ।
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।
स्कुल बस र मोटरसाईकल ठोक्किदा दुईको मृत्यु
विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका –२ स्थित खेल्फीडाँडामा मङ्गलबार साँझ स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ ७ः३० बजेको समयमा भकुण्डेबेशीतर्फ जाँदैगरेको बा ४ ख ७१ नम्बरको सगुन बिद्या मन्दिरको स्कुल बस र बिपरित दिशाबाट आउदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए ।
सरकार र आन्दोलनरत चिकित्सकबिच तीन बुँदे सहमति
उपभोक्ता अदालतको फैसलालाई लिएर आन्दोलनमा रहेका चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
नेपाल ललितकलाको १८ औँ प्राज्ञसभा सम्पन्न
सभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
‘तीते तीते...’ म्युजिक भिडियो सार्वजिनक
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार दुई म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ।
विलासिता करको विरोध
ताप्लेजुङका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा मोटरसाइकल र्याली निकालेका छन्। सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा मोटरसाइकल र्याली निकाएिको हो।
रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री (फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेर फर्किनुभएको छ।
सोलो प्याराग्लाइडिङ उडान साउनबाट
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ कार्यविधि बनाएर एकल (सोलो) प्याराग्लाइडिङ उडान खुला गरेको छ। क्यानले सुरक्षा र अनुगमनमा कडा प्रावधानसहित उडान गर्न अनुमति दिएपछि साउन पहिलो साताबाट पोखरामा सोलो उडान थाल्ने तयारी भएको छ।
डाक्टर आन्दोलन : बिरामीको प्रश्न– के चिकित्सकले सेवा बन्द गर्न मिल्छ ?
दैनिक बिरामी र बिरामीका कुरुवाले भरिभराउ देखिने वीर अस्पताल मङ्गलबार सुनसान देखियो । मङ्गलबार अस्पतालको ओपिडी काउन्टर बन्द थियो, नियमित चेकजाँचका लागि आएका बिरामी काउन्टर अगाडि टाँसेको सूचना पढ्दै चिकित्सकको पर्खाइमा थिए ।
'भोटेकोसीको बाढी वर्षाका कारण होइन'
रसुवाको भोटेकोसी नदिमा आएको बाढी वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार बिहान ३ बजे ठुलो बाढी एक्कासि आउँदा पानीको सतह साढे तीन मिटर बढेको थियो तर यो उक्त क्षेत्रमा पानी परेका कारण नभएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिनुभयो ।
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसङ्घले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ ।
‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने
नेपाल जनप्रशासन सङ्घले यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ।
५२ प्रतिशत नेपाली अझै जीवन बिमाको पहुँच बाहिर
नेपालको कुल जनसङ्ख्याको ५२.६१ प्रतिशत जनसङ्ख्या जीवन बिमाको पहुँच बाहिर रहेको बिमा प्राधिकरणले जनाएको छ ।
नयाँ भन्सार शुल्क समय सीमा ‘१०० प्रतिशत दृढ छैन’ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक दर्जनभन्दा बढी देशलाई उच्च भन्सार शुल्क लगाउने धम्की दिएर आफ्नो व्यापार युद्धलाई पुनःस्थापित गर्नुभएको छ ।
यु–२० महिला फुटबल टोलीको बिदाइ
बङ्गलादेशमा जुलाई ११ देखि २२ तारिखसम्म हुने यु–२० महिला साफ च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
उत्तरपश्चिमी चीनमा दुई सयभन्दा बढी बालबालिका खजुरको केक र मकैको रोलबाट हुने सम्भावित सीसा विषाक्तताका कारण बिरामी परेपछि किन्डरगार्टेनका प्रिन्सिपललाई हिरासतमा लिइएको राज्य मिडियाले मङ्गलबार जनाएको छ ।
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
उत्तरी गाजा पट्टीमा भएको लडाइँमा पाँच इजरायली सैनिक मारिएको इजरायली सेनाले मङ्गलबार बताएको छ । यसअघि इजरायल र हमासले कतारमा अप्रत्यक्ष युद्धविराममा अप्रत्यक्ष वार्ता गरेका थिए ।
अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग नयाँ वार्ताको समर्थन गरेपछि मङ्गलबार आलोचनाको सामना गर्नु परेको छ । आलोचकहरूले मुलुकमा गत महिनाको आक्रमणपछि उहाँमाथि ‘धेरै नरम’ भएको आरोप लगाएका छन् ।
टेनिस खेलाडी शिभालीले युरोपमा चार प्रतियोगिता खेल्ने
शिभालीले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक एक प्रतियोगिता खेल्न लाग्नुभएको हो ।