बाढीले बागलुङमा विद्युत आयोजना बगायो, दुई घर विस्थापित
अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो ।
वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा जोड
वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।
ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
दाउन्ने सडकखण्ड अवरुद्ध, खुर्सानी खोला नजिक सडक भासियो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड बुधबार बिहानैबाट पूर्णरूपमा अवरुद्ध भएको छ । साथै बर्दघाट–४ स्थित खुर्सानी खोला नजिक सडक भासिएपछि यस खण्डमा सवारी आवागमन ठप्प भएको हो ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ ।
चिकित्सक आन्दोलनको मर्म
जनसरोकारसँग प्रत्यक्ष गाँसिएको चिकित्सा सेवा सधैँ नियमित हुनु पर्छ । कुनै पनि बहानामा यो सेवा बन्द गर्न हुँदैन तर आफ्नो हितमाथि आघात पर्नेबित्तिकै बहानाबाजी गरी सेवा नै बन्द गरेर आन्दोलन गर्नु र आफ्नातर्फबाट भएको गल्ती र कमजोरी स्वीकार नगर्नु विडम्बना हो । चिकित्सक पनि भगवान् होइनन्, काम गर्दा कहिलेकाहीँ गल्ती कमजोरी हुन्छन् । भएका गल्ती कमजोरी स्वीकार गरी यो पेसालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्ष सहयोगी बन्नु पर्छ । कुनै पनि सानो निहुँमा पेसाला
त्रिविको नेतृत्व छनोटमा दूरदर्शिता
जब नेपालका सबै जसो विश्वविद्यालयका शैक्षिक गुणस्तर तथा प्रशासनिक, आर्थिक, भौतिक पक्ष कमजोर हुँदै विद्यार्थी सङ्ख्या न्यून हुँदै जाने अवस्था सिर्जना भयो तब सरोकारवाला सबैको चिन्ता र चासो बढ्न थाल्यो । यस्तो अवस्था आउनुको मुख्य कारण विश्वविद्यालयमा राजनीतिक दलको हस्तक्षेपको कारण हो भन्ने सर्वत्र महसुस गर्न थालियो । विश्वविद्यालय सुधार गर्न सरकार कटिबद्ध भएको सन्देश प्रवाह गर्न तत्कालीन कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसी
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले
भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
रैथाने बालीको पहिचान
रैथाने बाली भनेका त्यस्ता बाली हुन्, जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पत्ति भई परापूर्वकालदेखि खेती हुँदै आएका छन् । त्यस्ता रैथाने बालीमा धेरैभन्दा धेरै जातीय तथा आनुवांशिक विविधता पाइन्छ । रैथाने बाली र तिनका जातमा स्थान विशेष गुण पनि विकास भ
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध
कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ ।
गोरखापत्रकर्मी नहर्कीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार
व्यास नगरपालिकाले गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्कीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
नेपाली टोलीको च्याम्पियन बन्ने लक्ष्य
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले नेपाली महिला यु–२० टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभयो ।
विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित
जाजरकोटको कुशे गाउँपालिका–५ दम्दालास्थित पशुपाति माध्यामिक विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ ।
मनुको एकल कला प्रदर्शनी
थारू संस्कृतिमा केन्द्रित रहेर कलाकार मनुकुमार चौधरीको एकल कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ । चौधरीका चित्रले थारू समुदायका मानिसको दैनिक जीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काउँछ । प्रदर्शनीमा खुला आकाशमुनि पुरानो तरिकाले कृषि गरिरहेको दृश्य, थारू समुदायका महिलाको शान्त र निर्णायक भूमिकालगायतका विषयलाई प्रस्तुत गरिएको छ ।
थारू बस्तीमा हर्डहुवाको रौनक
रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ ।
पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई सम्मान
पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८० प्रदान गरिने भएको छ ।
मेची राजमार्ग अवरुद्ध, डाइभर्सन मर्मत गरी खुलाउने तयारी
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।
रसुवाबाट बेपत्ता प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव चितवनमा
रसुवाबाट बाढीले बगाएर ल्याएको एक जुनियर प्रहरी अधिकृतको शव चितवनमा भेटिएको छ । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका– २९ स्थित त्रिशुली नदी किनारमा मङ्गलबार राति भेटिएको हो ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ? ५० वर्ष
निजी क्षेत्रको आर्थिक भूमिका : विषयगत प्रश्नोत्तर
निजी क्षेत्रको आर्थिक भूमिका १. नेपालको संविधानबमोजिम निजी क्षेत्रको आर्थिक भूमिका उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य गर्नुपर्नाका कारणहरू प्रस्तुत गर्नुहोस् । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले के कसरी सहकार्य गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् ।
सेतीखोला क्यासकेडमा जुट्यो लगानी
सेतीखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।