दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
राज्यका हरेक संरचनामा दलितको जनसङ्ख्याको आधारमा सहभागिताको माग
विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको जनसङ्ख्याका आधारमा समान सहभागिता हुनुपर्ने माग गरेका छन् ।
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो ।
गर्भवती महिलाको उद्धार
रुकुमपश्चिमको चौरजहारीबाट एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।चौरजहारी नगरपालिका –१४ की धर्मिला बिकको उद्धार गरिएको हो ।
साढे चारसय सुकुम्बासीले पाए जग्गाधनी पुर्जा
रुपन्देहीको कञ्चन गाउँपालिकाका ४५१ जना परिवारले एक साथ लालपुर्जा प्राप्त गरेका छन् ।
गीतसङ्गीत नागरिकको मन, मुटु छुने क्षेत्र हो: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले गीतसङ्गीत नागरिकको मन, मुटु छुने क्षेत्र भएको बताउनुभएको छ ।
मनसुनजन्य विपद् : एक महिनामा पाँच सय परिवार प्रभावित
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार पछिल्लो ३० दिनमा मनसुनजन्य विपद्बाट पाँच सय ११ परिवार प्रभावित भएको छ ।
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताउनुभएको छ । उहाँले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दैलैजाने बताउनुभयो ।
नदीमा डुबेर १७ बर्षीय युवकको मृत्यु
कैलालीमा नदीमा नुहाउने क्रममा एक युवको डुबेर मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –३ का तुलादत्त भट्टको छोरा सुन्दरप्रसाद भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।
असार २८ मा राष्ट्रिय युवा महोत्सव हुँदै
युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।
डिभिजन वन कार्यालय प्रमुखमाथि हातपात
एक अज्ञात समूहले डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै हातपात भएको छ। आइतवार दिउँसो साढे ३ बजे उहाँको कार्यालयमा काम गरिरहेको समयमा चार जनाको समूहले हातपात गरेको हो।
परिवर्तनमा योगमायाको योगदानको चर्चा
चितवनमा आयोजना गरिएको एक कार्यक्रममा वर्तमान नेपालको परिवर्तनमा योगमायाको योगदानको चर्चा गरिएको छ ।
प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध २९ लाख ६० हजार ६९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
यो गठबन्धन ८४ सम्म रहन्छ : सचिव महासेठ
नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सत्ता सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली काँग्रेसबिच भएको गठबन्धन २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न
लायन्स क्लब अफ काठमाडौँ, इन्द्रायणी खुसीबुको आयोजनामा करिब दुई सय जनाले निःशुल्क रगत परीक्षण तथा स्वास्थ्य शिविरबाट सेवा प्राप्त गरेका छन्।
कर्णालीको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीबाट उद्घाटन (तस्बिरहरू)
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५, च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटनसँगै अव हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
गृहमन्त्रीद्वारा कञ्चनपुरमा निर्माणाधीन क्षेत्रको अनुगमन
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा निर्माणाधीन क्षेत्रहरूको स्थलगत अनुगमन गर्नुभएको छ । शनिबार महेन्द्रनगर पुग्नुभएका गृहमन्त्री लेखकले आज जिल्लास्थित प्रमुख निर्माणाधीन स्थलको निरीक्षण गर्नुभएको हो ।
‘समावेशीकरणको सवालमा मिडियालाई खबरदारी गर्नुपर्छ’
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा मिडियालाई खवरदारी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ।
गणेशमान सिंह स्मृति चेसका विजेता पुरस्कृत
ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजित वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय रापिड रेटिङ चेस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
रोमानिया पठाइदिने भन्दै एक करोड असी लाख ठगी गर्ने फिन्चु लामा पक्राउ
लिथुआनिया, रोमानिया लगायतका देशहरूमा पठाउने भनी पीडितहरूबाट एक करोड असी लाख त्रियानब्बे हजार ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
एउटा हारले गुमेको तीन महत्त्वपूर्ण अवसर
नेपालका लागि उज्वेकिस्तानमा सम्पन्न एसिसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत उज्वेकिस्तानसँगको हार सँधैभरि सम्झाउने पिडादायी घाउ बनेको छ ।
योगमायाको साहसपूर्ण योगदान सबैका लागि प्रेरणादायी छ : उपसभामुख राना
महिला आन्दोलनकी प्रथम आन्दोलनकारी योगमायाको योगदान नेपालमा मात्र नभई विश्वमै अतुलनीय रहेको विचार व्यक्त गर्नुभएको छ।
चार हजार ८३० भेपसहित युवा पक्राउ
चार हजार ८३० वटा विद्युतीय चुरोट (भेप) सहित एक युवा पक्राउ परेको छ । काभ्रेपलान्चोकको पनौती-११, घर भई हाल भक्तपुर मध्यपुर थिमि-१, लोकन्थली बस्ने २८ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
चार विद्यार्थी रोबोटिक्स प्रतियोगितामा
नेपालका चार विद्यार्थीले स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआइ फर गुड रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।