पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ।
आजको राशिफल
आजको राशिफल
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आज केही स्थानमा वर्षा र हिमपात हुने
हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साहित्यकार काइँला र रातोस सम्मानित
‘पहिचान पुरस्कार कोष’ ले साहित्यकार प्राज्ञ वैराज्ञी काइँला र गेलु रातोसलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका काइँलालाई शनिबार पाँच लाख रुपियाँसहित ‘पहिचान विशेष सम्मान’ तथा ५० हजार रुपियाँ राशिसहित रातोसलाई ‘पहिचान युवा सम्मान’ प्रदान गरिएको हो । नेपाली साहित्यमा छुट्टै पहिचान बनाएका ‘आयामेली आन्दोलन’ का प्रमुख सर्जकमध्ये एक प्राज्ञ काइँलाका साहित्य र संस्कृतिसँग सम्बन्धित
हलमा ‘राम नाम सत्य’
देशभरका हलमा चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । नयाँ वर्षका अवसर पारेर देशभर यो फिल्म प्रदर्शनमा आएको हो । सस्पेन्स, प्रेम र एक्सनले भरिएको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की, सुपुष्पा भट्ट, दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्तकुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जिसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।
कोशी मेलाबाट हराएका बालक दुई महिनापछि फेला
कोशी मेलाबाट हराएका एक बालकलाई सप्तरी प्रहरीले दुई महिनापछि फेला पारी परिवारको जिम्मा लगाएको छ।
मुल्मीको एकल चित्रकला प्रदर्शनी
अग्रज कलाकार प्राध्यापक राधेश्याम मुल्मीको तेस्रो एकल चित्रकला प्रदर्शनी ‘प्रतिविम्ब’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल व्यावसायिक कलाकार सङ्घको संयुक्त आयोजनामा शनिबार सुरु भएको उक्त प्रदर्शनीको वरिष्ठ कलाकार क्रोधकला शिरोमणि कालु कुमाले, हरिप्रसाद शर्मा, शशि शाह, कृष्णगोपाल रञ्जितलगायतले उद्घाटन गर्नुभयो ।
पाँच हजार लिटर मही निःशुल्क वितरण
दोस्रो मही दिवसका अवसरमा शनिबार मुलुकभर पाँच हजार लिटर मही निःशुल्क वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन र प्रदेशमा रहेका स्थानीय डेरी उद्योगीको आयोजनामा उपत्यकासहित दशैभर विभिन्न चोक, सार्वजनिक स्थल, अस्पताल, ट्राफिक कार्यालयमा मही निःशुल्क वितरण गरिएको हो । ‘महीको विश्वास, स्वास्थ्यको विकास, घर घरमा फैलाऔँ अभियानको प्रयास’ भन्ने अभियानका साथ दोस्रो राष्ट्रिय मही दिवस शनिबार देशैभरि मनाइएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले दुग्ध तथा दुग्ध पदार्थको निर्यातमा ठुलो सम्भावना भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । गर्मी मौसममा महीको खपत बढाउन सके दुधको खपत वृद्धि गरी अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
कैलालीका निर्माण व्यवसायीले निर्माण उद्योगमा आपत्काल घोषणा गरी अविलम्ब व्यवसायीलाई राहत दिन नेपाल सरकारसँग माग गरेका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले आपत्काल घोषणा गरी राहत दिन माग गरेका हुन् ।
एक अर्ब लगानीमा सलाइन उद्योग सुरु
कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा ‘एलेक्सा लाइफ साइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक उत्पादन थालेको हो ।
‘श्रमिकले विमानस्थलमा बिल देखाउनु नपर्ने’
अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगार विभागले टिकटको बिल र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबिच अध्यागमन विभागले उक्त सूचनामार्फत स्पष्ट पारेको हो ।
सार्ने भए जग्गा र मुआब्जा माग
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले प्रदूषणजन्य उद्योगलाई स्थानान्तरण गर्न दिएको आदेशपछि उद्योगी व्यवसायी अलमलमा परेका छन् । अदालतको ऐतिहासिक आदेशले लुम्बिनीआसपास १५ किलोमिटर क्षेत्रभित्र रहेका ६१ भन्दा बढी उद्योग हटाउन निर्देशन दिएपछि उद्योगीले अबको बाटोबारे स्पष्टता खोजिरहेका हुन् । सर्वोच्चको गत भदौमा भएको आदेशको पूर्ण पाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो ।
चीनले रोकेपछि नेपालतर्फ बढ्दै सगरमाथा आरोही
वसन्तकालीनयामका लागि चीनले विदेशी नागरिकलाई सगरमाथा आरोहण गर्न अनुमति जारी नगरेपछि दक्षिणतर्फबाट हुने सगरमाथा आरोहण करिब ३० प्रतिशतले बढ्न सक्ने अपेक्षा गरिएको छ ।
गहुँ र चैते धानको समर्थन मूल्य बढ्यो
सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ प्रतिक्विन्टल तीन हजार ९४५ रुपियाँ निर्धारण गरेको छ । गत आवमा गहुँको मूल्य तीन हजार ८६७ रुपियाँ निर्धारण गरिएको थियो । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपियाँ बढी मूल्य निर्धारण गरिएको छ ।
जुम्लाका स्याउ बगैँचा सेताम्मे
जुम्लाको अर्गानिक स्याउका बोट यतिबेला फुलेर सेताम्मे भएका छन् । चैत सकिनै लाग्दा यहाँका हरेक स्याउका बगैँचा फूल फुलेर सेता देखिएका छन् । जुम्लाका स्याउयोग्य जमिनमा पछिल्लो समय स्याउका बिरुवामा वृद्धिसमेत हुँदै आएको छ । २०६४ सालमा जुम्लामा ‘एक घर एक स्याउ बगैँचा’ भन्ने अवधारणा ल्याएपछि धेरै जसो बगैँचामा अहिले स्याउ रोप्ने र उत्पादनमा वृद्धि भइरहेको छ । स्याउ लगाएका डाँडाकाँडा र बगैँचा फूल फुलेर सेताम्मे भएपछि आकर्षक देखिन थालेका छन् । किसानले फूल जोगाउन बगैँचामा संरक्षण तथा घेराबारसमेत गरिरहेको देखिन्छ ।
‘जेनजी घाइतेको अध्ययन कानुनसम्मत’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने सरकारको निर्णय प्रचलित कानुन अनुसारै भएको जनाएको छ ।
गहिरिँदै छ जन्मथलोको तिर्सना
“तपाईंको पहाड घर कता हो ?” केही दिनअघि सामाजिक सञ्जालमा निकै चर्चित यो वाक्यांशले बसाइँसराइको गम्भीर असर भोगिरहेको नेपाली समाजको ‘अर्थ सामाजिक’ चित्रण गर्दछ । शनिबार भक्तपुरको सल्लाघारीमा यही वाक्यांशलाई चित्रण गर्ने भिड देखियो । त्यहाँ खोटाङ, पर्सा र नवलपुरका सामाजिक संस्थाले छुट्टाछुट्टै आयोजना गरेका वनभोज कार्यक्रममा सयौँ मानिस सहभागी थिए । विभिन्न सिलसिलामा काठमाडौँ बसिरहेका खोटाङेको साझा सामाजिक संस्था खोटाङ सेवा समाजले आयोजना गरेको कार्यक्रममा सयौँ खोटाङे भेला भएका थिए । र, यसै गरी सोधिरहेका थिए– तपाईंको पहाड घर कहाँ हो ?
यातायातमा आरक्षित सिटको व्यवस्था अनिवार्य
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा आरक्षित सिटको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ बमोजिम तोकिएका सिट आरक्षित गरी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
अवैध गतिविधिमाथि उच्च निगरानी
प्रहरीले देशभर हुने गरेका अपराधजन्य अवैध गतिविधि, असुली, तस्करी तथा विभिन्न क्षेत्रका सेवाग्राही तथा व्यवसायीलाई भौतिक तथा मनोवैज्ञानिक रूपमा डर, धाकधम्की दिनेविरुद्ध विशेष अपरेसनसहित निगरानी बढाएको छ ।
सुझाव सम्बोधन गर्ने तयारी
सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने काम र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विकास निर्माणसहित दीर्घकालीन महत्वका योजना वर्गीकरण गरेर सम्बोधन गर्ने गृहकार्य अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले छ वटा प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसदसँग गर्नुभएको संवादपछि प्राप्त सुझावलाई वर्गीकरण गरेर सम्बोधन गर्ने तयारी सरकारले थालेको हो ।
भोलिदेखि शून्य बाँकी फाइल सप्ताह
सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) सुरु गर्ने भएको छ । यही चैत ३० देखि वैशाख ७ गतेसम्म सो अभियान सुरु गर्न लागिएको हो । यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
अमेरिका र इरानबिच वार्ता सुरु
अमेरिका र इरानबिच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु भएको छ । ४० दिन लामो युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र इरानका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्तामा सहभागी भएका हुन् । वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले दुवै पक्षबिच सार्थक वार्ता हुने अपेक्षा गरेको छ । वार्ता निर्धारित समयभन्दा ढिला सुरु भएको इरानी सरकारी समाचार संस्था ‘टिएनए’ ले पुष्टि गरेको छ ।
सिंहदरबार पुन:निर्माण सुरु
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुन:निर्माण सुरु गरिएको छ । गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदबार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए ।