थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्छ : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार जोगाउन गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।
बाटो नै नभएको ठाउँमा सङ्ग्रहालय भवन निर्माणः सञ्चालनमा समस्या
कैलालीको घोडाघोडी नगरपालिका-४, माघी होमस्टेमा चार वर्ष पहिले निर्माण सम्पन्न भएको सङ्ग्रहालय भवन बाटोको निकास नभएपछि सञ्चालनमा समस्या भएको छ ।
कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा हुँदैछः गभर्नर पौडेल
नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्वनाथ पौडेलले समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताउनुभएको छ ।
विराटनगरद्वारा सन्दीपसहिच पाँच खेलाडी रिटेन
विराटनगर किंग्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सन्दीप लामिछानेसहित पाँच खेलाडीलाई रिटेन गरेको छ ।
नेवाः पहिचानबारे रेडियो नेपालको अनुसन्धान प्रतिवेदन हस्तान्तरण
स्वतन्त्र अनुसन्धान नहुनाको कारण सरकारले गरेका राम्रा कार्यहरू जनतासमक्ष नपुगेको अवस्थामो सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गर्न यस्ता अनुसन्धानले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न जानुभएको हो ।
हिमालको भविष्य बचाउन हिमालयन क्लाइमेट चार्टर
बढ्दो वातावरणीय सङ्कटलाई जोगाउन हिमालयन क्लाइमेट चार्टर २०२५ को आयोजना गरिएको छ । जलवायु परिवर्तनको बढ्दो प्रभावले मानव जातिमा गम्भीर असर परेको स्वीकार गर्दै ब्ल्याक याक कम्पनीले शनिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चार्टरको सुरुवात गरेको हो ।
‘रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ’
आइतबर प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो। आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ।
डर्टमन्डलाई हराउँदै रियल सेमिफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दक्षिण एसियाली करातेमा नेपाल उपविजेता
नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ ।
कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग
यस क्षेत्रमा मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा प्रहरी चौकीले हेर्दै आएको छ।गाउँघरमा कुनै घटना भए प्रहरी चौकीबाट आउन निकै समय लाग्ने हुँदा पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना भएमा सहज हुने स्थानीयले बताएका छन्।
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आज यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् ।
'महाकाली नदी किनारमा छिट्टै बाँध निर्माण हुन्छ'
गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठुलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभएको छ ।
दाङमा बाघको छालासहित तीन जना पक्राउ
दाङमा प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु बाघको छालासहित गढवा गाउँपालिका–६, खवरीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
टिकोटमा बन्दा खेतीबाट वार्षिक एक करोड भित्रियो
जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दा खेती गरेर वार्षिक एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।
निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न
एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ ।
‘बर्थिङ केन्द्र’ सञ्चालन हुने
लहान नगरपालिकाको दुर्गम मानिने लहान नगरपालिका १६ तरेगनामा यसै वर्षदेखि बर्थिङ केन्द्र सञ्चालनमा आउने लहान नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास हो : सभामुख घिमिरे
संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठुलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।
बूढानीलकण्ठ मन्दिरमा भक्तजन
हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन आज काठमाडौँको बूढानीलकण्ठ मन्दिरमा भगवान् नारायणको पूजा आराधना एवं दर्शन गर्दै श्रद्धालु भक्तजन।
कञ्चन गाउँपालिका ५ का ४५१ परिवारले पाए जग्गाधनी पुर्जा
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आज रूपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित एक समारोहकाबिच ४ सय ५१ जना अव्यवस्थित बसोवासीलाई जग्गाको पुर्जा वितरण गर्नुभएको छ ।
धार्मिक पर्यटकको गन्तव्य बन्दै गौ संरक्षण केन्द्र
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको छ ।
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
हन्ट, संयुक्त राज्य अमेरिका, असार २२ गते । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो ।केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ । टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् । उहाँले भन्नुभयो, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहने छ ।”टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताउनुभएको छ । उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’ को संज्ञा दिनुभएको छ । ठुलो मानवीय क्षति टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताउनुभयाे ।मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भन्नुभएको छ । राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो । रासस/एएफपी