तनहुँ दुर्घटना : मृतक दुई जनाको सनाखत
यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत भएको छ।
नेपाल-भारत प्राध्यापक सम्मेलनमा बृहत् ग्रन्थको लोकार्पण
समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभयो ।
मध्यपूर्वमा युद्ध अन्त्यका लागि पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु
लामो समयदेखि अशान्त रहेको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता सुरु भएको छ ।
गाउँ पर्यटन प्रवर्द्धनमा योगदान : पत्रकार ढुंगाना सम्मानित
गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकी पत्रकार राधा ढुंगाना ‘डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
बर्मालाई मिस्टर कपिलवस्तुको उपाधि
कपिलबस्तु तौलिहवाका सुरेन्द्र बर्माले मिस्टर कपिलवस्तु २०८२ को उपाधि हात पार्नुभएको छ । शारीरिक सुगठन तथा फिटनेश सामाजिक संस्थाले तौलिहवामा आयोजना गरेको मिस्टर कपिलवस्तु शारीरिक सुगठन प्रतियोगीतामा उहाँ बिजेता घोषित हुनुभएको हो ।
मुख्यमन्त्री कप भलिबलमा गुल्मी र रुपन्देही च्याम्पियन
दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि पुरुषतर्फ गुल्मी र महिलातर्फ रुपन्देही च्याम्पियन बनेका छन् ।
भारतीय उच्च सुरक्षा अधिकारीद्वारा सीमा नाकाको निरीक्षण
भारतीय उच्च सुरक्षा अधिकारीले यहाँस्थित नेपाल–भारत सीमा नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् । सीमावर्ती भारतीय जिल्ला बहराइँचमा सरुवा भएर आउनुभएका नयाँ प्रहरी प्रमुख एसपी विश्वजीत श्रीवास्तवले नेपाल–भारत नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको हो ।
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बन्दै
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८३–८४ देखि २०८७–८८) अन्तिम चरणमा पुगेको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको मस्यौदामाथि शनिबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी सुझाव लिइएको छ । आ.व. २०७८–७९ मा बनाएको पहिलो पञ्चवर्षीय योजनाको अवधि सकिएपछि दोस्रो योजना बनाउन लागिएको हो ।
सडकबाटै यात्रु तान्ने १८ जना नियन्त्रणमा
बाँके प्रहरीले नेपालगन्जको विभिन्न सडकमा बसेर सडकबाट यात्रु तानातान गर्ने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
एकै दिन सात हजारले गरे पाथीभरा दर्शन
शनिबार एकै दिन सात हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । केही दिनयता मौसममा सुधार हुन थालेसँगै पाथीभरामा उल्लेख्य भक्तजन आउन थालेका हुन् ।
दार्चुलामा जिप दुुर्घट्ना, तीन जना घाइते
दार्चुलामा जिप दुर्घट्ना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका –८ धौकोटमा आज दिउँसो भएकोे जिप दुर्घटनामा सोही ठाउँका अन्दाजी ७५ वर्षिय परमानन्द भट्ट, ३२ वर्षिय चन्द्रदेवी भट्ट र जिप चालक देबसिंह विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबिच भेटवार्ता
इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तमा छलफल गरेको छ ।
धौलागिरि अस्पतालमा मिर्गौला तथा पिसाब सम्बन्धी विशेषज्ञ सेवा
मिर्गौला रोगीका लागि डायलायसिस सेवा प्रवाह गरिरहेको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला तथा पिसाबसम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु भएको छ ।
रुपन्देहीलाई मुख्यमन्त्री कप महिला भलिबल उपाधि
दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।
जलजलाको बजेट ५५ करोड रुपियाँ कायम
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कटौती गरेको छ । गाउँसभाबाट पारित बजेटभन्दा ३ करोड ८५ लाख ६३ हजार रुपियाँ घटाइएको हो ।
एरिका कराते वान प्रिमियर लिगको फाइनलमा
चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराउनुभयो ।
पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबिच भेटवार्ता
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नुभएको छ ।
हुम्लाबाट ४२ प्रकारका जडिबुटी निकासी
हुम्लाबाट ४२ प्रकारका जडिबुटीहरू जिल्ला बाहिर निकासी भएका छन् । जिल्लामा उत्पादन हुने यी जडिबुटी चालु आर्थिक वर्षमा सङ्कलन भएर नेपालगञ्जसम्म निकासी भएका हुन् ।
आफैँले काटेको रुख लागेर एकको मृत्यु, दुई घाइते
बेलकोटगढी नगरपालिका–९, नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
काठे खोला गाउँपालिकाको रेश जाने सडक कालोपत्र
लामो समयदेखि जीर्ण बनेको काठे खोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडकखण्ड कालोपत्र गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीले दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष वित्दा बल्ल कालोपत्र भएको हो।
गहतेले जित्यो ‘जेसीज कप’
गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका गहते युवा क्लबले जितेको छ ।
नेपाली सेनाद्वारा कास्कीको अन्नपूर्णमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन
नेपाली सेनाद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इरानमा फसेका ३१२ जना भारतीय माझी स्वदेश फिर्ता : विदेश मन्त्री
इरानमा फसेका ३१२ जना भारतीय माझीलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षितरूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताउनु भएको छ । उहाँले सुरक्षित निकासी सम्भव बनाउन सहजिकरण गरेकोमा आर्मेनियाली अधिकारीलाई धन्यवाद दिनु भएको छ ।
सडक आश्रित मानव व्यवस्थापन विषयमा छलफल
काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ ।