शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, चैत २८ गते । दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।
दाङमा शनिबार भएको फाइनलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ ले पाल्पालाई हराएको हो ।
उपाधिसँगै रुपन्देहीले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पाल्पाले ६५ हजार रुपियाँ पायो । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो स्थानमा रहे । रुकुम पूर्वले ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँ पायो ।