कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), चैत २८ गते । दार्चुलामा जिप दुर्घट्ना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका –८ धौकोटमा आज दिउँसो भएकोे जिप दुर्घटनामा सोही ठाउँका अन्दाजी ७५ वर्षिय परमानन्द भट्ट, ३२ वर्षिय चन्द्रदेवी भट्ट र जिप चालक देबसिंह विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ३९१ नम्बरको जिप दुर्घटनामा परेको हो । स्थानीय बजार धापबाट धौकोटतर्फ गइरहेको जिप दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
जिप चालकसहित तीन जना मात्र सवार रहेको बताइएको छ । घाइते तीनै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।