राममणि दाहाल
मकवानपुर, चैत २८ गते । हेटौँडा उपमहानगरपालिका १४ बस्ने एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । हेटौँडा १४ नयाँबस्ती टोलकी ३५ वर्षीया सन्तोषी वाइबाको शनिबार भिरबाट लडेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
माइती घर मकवानपुरको भीमफेदी गापा –६ सिमलटारमा गएकोमा माइतीघरबाट करिब दुईसय मिटर दक्षिणतर्फ रहेको खहरे खोलाको सिमलटालतर्फ घाँस काट्न गएकी वाइवाको भिरबाट लडेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
घाँस काट्न गएकी वाइबा अबेरसम्म घर फर्की नआएपछि खोज्दै जाने क्रममा सोही स्थानको भिरबाट करिब ५०–६० मिटर तल लडेर गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो ।
उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा दिउँसो १२ः४० बजे हेटौँडा अस्पताल मकवानपुरका डाक्टरले मृत घोषणा गर्नुभएको प्रहरीको भनाइ छ ।